शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिनु नै गलत : मुख्यमन्त्री गुरुङ «

शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिनु नै गलत : मुख्यमन्त्री गुरुङ

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षाको धेरै जिम्मेवारी स्थानीय तहलाई दिनु नै गलत भएको दाबी गरेका छन् । बुधबार पोखरा–२२ स्थित शुक्रराज मावि र खेल मैदान अवलोकन पश्चात पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले कक्षा १ देखि ८ सम्मको जिम्मा स्थानीय तहलाई दिनुपर्नेमा १२ सम्मको जिम्मा दिनु नै गलत भएको दाबी गरेका हुन् ।
उनले भने, “हाल देशका धेरै ठाउँमा निजी विद्यालयहरूले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो छ, सामुदायिक विद्यालयमा थोरै विद्यार्थी हुँदा विद्यालय व्यवस्थापन गर्न कठिन भएको छ, कक्षा ९ देखि १२ सम्मको जिम्मा प्रदेशलाई दिनु पथ्र्यो ।” विद्यालयहरू मर्ज गरी छात्राबाससहितको गुणस्तरीय शिक्षा दिएको खण्डमा र टाढाटाढा (क्याजमेन) एरिया बनाएर काम गर्दा सामुदायिक बिद्यालयमा धेरै सुधार हुने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्