तीन दिनमै बन्छ चिटिक्कको स्मार्ट इलेट्रिक कार «

तीन दिनमै बन्छ चिटिक्कको स्मार्ट इलेट्रिक कार

अब तीन दिनमै कार निर्माण हुने भएको छ । थ्रीडी प्रिन्टर प्रयोग गरी उक्त विद्युतीय कार तीन दिनमै बनिसक्छ । यो कार अर्को वर्षदेखि एसिया र युरोपको बजारमा ल्याइसक्ने योजना कम्पनीले सार्वजनिक गरेको छ । कार निर्माताका अनुसार दुई सिटे यो कारलाई ‘एलएसईभी’ नाम दिइएको छ ।  
यो चिटिक्क परेको कार निर्माणको अन्तिम तयारी भइरहेको र सन् २०१९ को अप्रिलसम्म बजारमा उपलब्ध भइसक्ने डेलिमेलले जनाएको छ । जसको मूल्य ७ हजार ५२५ यूरो पर्ने बताइएको छ । यो स्मार्ट कार ४.९ फिट अग्लो र  ८.३ फिट लामो र ४.३ फिट वाइड हुनेछ । यसैगरी यो कारको तौल ३४० केजी हुनेछ । प्रतिघण्टा ७० किलोमिटर गतीमा गुड्नसक्ने स्मार्ट कार एक पटक फुल चार्ज भएपछि १५० किलोमिटर गुड्न सक्नेछ ।  यस्तो कार निर्माणको कन्सेप्ट ह ङकङको एक्सइभी लिमिटेडले ल्याएको हो । जसको डिजाइन इटालीमा भएको हो र उत्पादन भने चीनबाट हुनेछ । एक्सइभी लिमिटेडका संस्थापक लोओ टिकले डेलीमेलसँगको कुराकानीमा उक्त कारमा थ्रीडी प्रविधीका सामाग्री प्रयोग हुने बताएका छन् । जसमा इन्ह्यान्सड नाइलन, पोलिल्याटिक एसिड लगायतका थ्री डी प्रिन्टिङ इलिमेन्टस प्रयोग हुनेछ ।  
एक्सयुभीका ५० जनाको टोलीले स्केचको माध्यमबाट कारको डिजाइन गरेका छन् । यसका लागि थ्रीडी प्रिन्टरहरू विकसित गरेर एक कारण निर्माण भएको छ । लोओका अनुसार जुलाईको अन्त्यसम्मा थप कारहरू बनाइनेछ । हङकङको यो कम्पनीले इटालियन थ्रिडी प्रिटिङ कम्पनीका निर्देशक रोबर्ट मोर्टेटीसँगको सहकार्यमा यो योजना दुई वर्षअघि सुरू गरेको थियो ।
  यो कार्यक्रमका लागि होराइजन २०२० नामक परियोजनाले २ मिलियन युरो लगानी गरिरहेको छ, जुन अनुसन्धान र नयाँ आविष्कारका लागि यूरोपमा भएको सबैभन्दा ठूलो लगानी हो । यो कन्सेप्ट निकै अघिको हो, कारण निर्माणमा सक्रिय टोलीले थ्रिडी प्रिन्टिङ कार बजारमा बिक्रि गर्न सकियोस् भन्ने योजनाका साथ काम थालेको थियो । 
 कारको औपचारिक थालनी आगमी वर्ष हुने र कम्पनीले २०१९ को अन्त्यसम्ममा २० हजार कार उत्पादन गर्ने लाओले बताएका छन् । उनका अनुसार परम्परागत कार निर्माणका लागि कारखाना निर्माण, अनुसन्धान र विकासको लागत यो प्रविधिका कारण ९० प्रतिशतले कमी आउनेछ । परम्परागत कारमा करिब २ हजार कम्पोनेन्ट प्रयोग हुन्छ भने यो प्रविधीमा ४० देखि ६० वटा कम्पोनेन्टमै कार तयार हुन्छ । उक्त कारमा प्रयोग हुने एउटा कम्पोनेन्ट बनाउन तीनदेखि १० घण्टासम्म लाग्छ । कार निर्माण गर्दा सबैभन्दा बढी समय ड्यास निर्माणमा लाग्ने कम्पनीको भनाइ छ, जुन १० घण्टामै बनिसक्छ । 
लोओका अनुसार एक कार प्रिन्टका लागि तीन दिन लाग्नेछ । यो कार सुरक्षाका हिसाबले पनि परम्परागत कारभन्दा सुरक्षीत हुनेछ । इन्जिन पनि निकै बलियो हुनेछ । कारको थ्री डि प्रिन्टेड पार्टस् प्रयोग गरिएकाले यसको शक्ति र इन्जिन दुवै बलियो हुने उनको भनाइ छ । लोओले मोटर डिजाइनमा ब्रिटेनको कोभेन्ट्री युनिभर्सिटीबाट एमए गरेका हुन् । उनी चीन–इटालीको संयुक्त कम्पनी जेएसी मोटर्सका म्यानेजरसमेत भइसकेका छन् । महत्वकांक्षी कार निर्माता कम्पनीले थ्री डी प्रिन्टिङ प्रक्रिया कार निर्माणका लागि पूर्ण रूपमा तयारी भएको बताउँदै बजारमा बिक्री सुरू भएपछि अभूतपूर्व प्रक्रिया प्राप्त हुने बताएको छ  ।
लाओले ग्राहकको आवश्यकतालाई पूरा गर्नका लागि मूल मोडलमा केही परिवर्तन गरी नयाँ मोडलमा कार निर्माण गरिने बताएका छन् । उक्त कारलाई संघाईस्थित थ्री डी प्रिन्टिङ संग्रहालयमा यसै महिना सार्वजनिक गरिएको थियो । यो कार उद्योग आश्चर्यजनक नभएको बताइएको छ । प्रायः यसको प्रयोग प्रोटोटाइपमा गरिन्छ । यद्यपि अत्याधुनिक थ्री डी प्रिन्टिङ कार बनाउने प्रयास यसअघि पनि भएका थिए । २०१४ मा अमेरिकी पारवहान कम्पनीले ‘स्ट्रेटी’ बनाएको थियो । यो नै संसारको पहिलो गुडाउन सकिने थ्रीडी प्रिन्टेड बडी भएको कार हो । गत वर्ष क्यालिफोर्निया स्थित स्टार्ट–अप डाइवर्जेटले थ्री डी प्रिन्डेट आलमोनियम जडित ७ सय हर्सपावरको स्पोर्टकार सार्वजनिक गरेको थियो । फोब्र्सका अनुसार उक्त कार जारी गरेपछि कम्पनीले यो परियोजनाका लागि ६५ मिलियन डलर लगानी गरेको थियो । डेलीमेलले यो प्रविधि सफल भयो भने कार उत्पादक कम हुँदा पनि बजारको माग सजिलै धान्न सक्नेछ । उसले थ्री डि प्रिन्टिङ प्रविधी सफल हुनेमा शंका नभएको तर चुनौतिपूर्ण भएको उल्लेख गरेको छ । यो प्रविधीले अटोमोबाइल उद्योगमा व्यापक परिवर्तन ल्याउन सक्ने र उपभोक्तालाई भने फाइदा पुग्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्