रेलमा २ लाख डलरको सुन छोड्ने व्यक्तिको खोजी गर्दै स्वीस सरकार «

रेलमा २ लाख डलरको सुन छोड्ने व्यक्तिको खोजी गर्दै स्वीस सरकार

जेनेभा-स्वीस प्रहरीले रेलमा १ लाख ९० हजार डलरको सुनको बार छोड्न् व्यत्तिको खोजी गर्न थालेको छ ।
यो सुन गत वर्षको अक्टोबरमा स्वीस सहर सेन्ट गालेनबाट लुकेर्नेसम्मको यात्राको समयमा फेला परेको अधिकारीहरुले बताएका छन् ।
बृहत अनुसन्धानका बावजुद यो उच्च मूल्यको पोकोका मालिक फेला पार्न नसकिएको लुकेर्ने स्थानीय सरकारका अधिकारीले बताएका छन् ।
हाल अधिकारीहरुले यसका रहस्यात्मक मालिक फेला पार्नका लागि आफ्नो अनुरोधलाई सार्वजनिक रुपमै राख्ने निर्णयमा राख्नका लागि म्यागेजिनमा प्रकाशित गर्ने निर्णय गरेका छन् ।
जुन २ को बुलेटिनमा प्रकाशित यो सूचनामा अधिकारीहरले यो खजाना दावी गर्नका लागि मालिकलाई ५ वर्षको समय दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्