सिलिकाले मनायो बजारीकरणको १० वर्ष «

सिलिकाले मनायो बजारीकरणको १० वर्ष

दक्षिण एसिया तथा मध्यपूर्वका लागि सिलिका सिमेन्ट एडमिक्चरको आधिकारिक बिक्रेता मरुन टेडिङ प्रालिले हालै आप्mनो स्थापना तथा सिलिका सिमेन्ट एडमिक्चरको बजारिकरणको १० औं वार्षिकोत्सव समारोह काठमाडौंमा सम्पन्न गरेको छ । मुलुकका अग्रणी सिभिल इन्जिनियर, आकिटेक्ट, निमार्ण व्यवसायीहरू सम्मिलित उक्त समारोहलाई सहभागीहरूले निर्माणको बलियो आधारको दशक उत्सवका रूपमा परिभाषित गरे । कार्यक्रमाका प्रमुख अतिथि, नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले यस्तो जनस्तरमा आधारित व्यावसायिक कार्यक्रमले दुई देशबीचको आपसी भाइचारा र सम्बन्धलाई थप सुदृढ तथा प्रगाड बनाउने कुरा बताए । साथै जापान िआबिष्कार र उत्पादन प्रति नेपाली निर्माण जगतले गरेको अगाध विश्वास र भरोसाका लागि धन्यबाद दिँदै राजदूत ओगावाले आगामी दिनहरूमा पनि जापान सरकार तथा निजी क्षेत्रले नेपालको पूर्वाधार विकासमा अग्रणी भूमिका खेल्दै जाने बताए ।
काठमाण्डौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नेपाल र जापानको भौगोलिक अवस्थाअनुसार भूकम्प लगायतका प्रकृतिक प्रकोपको जोखिममा समानता रहेकाले सिलिका सिमेन्ट एडमिक्चर जस्ता अत्याधुनिक जापानिज आबिष्कारहरूले जोखिम न्यूनीकरणलगायत क्षति कम गर्न सहयोग हुने कुरा बताए । सिलिका सिमेन्ट एडमिक्चरलाई जापानी सरकारको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा स्वीकृत तथा प्रमाणित गरिएको कुरालाई उदृत गर्दै कम्पनीले निर्माण जगत्का लागि अझ बलियो र गुणस्तरीय सामग्रीहरूको अन्वेषण र आबिष्कारमा लागि परेको कुरा सिलिका जापान इनकर्पोरेसनका प्रबन्ध निर्देशक साशाकी मासाहिरोले बताए ।

 

प्रतिक्रिया दिनुहोस्