हुन्डाईको मेगा एक्सचेन्ज वीक «

हुन्डाईको मेगा एक्सचेन्ज वीक

नेपालका लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले एक साता लामो ‘हुन्डाई मेगा एक्सचेन्ज विक’ कार्यक्रम ल्याएको छ । यहि कात्र्तिक २६ गते आइतबारदेखि मंसिर २ गतेसम्म हुन्डाइ ब्रान्डका सबै मोडलहरूमा लागू हुने गरी राष्ट्रव्यापी रूपमा सो कार्यक्रमको आयोजना गरेको हो । ग्राहकहरूका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न कम्पनीले यस्तो कार्यक्रम ल्याएको जनाएको छ । 
एक्सचेन्जसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले आप्ना ग्राहक सामु ६ लाख २० हजार रुपैयाँसम्मको लाभ लिन मिल्ने योजना अन्तर्गत अविश्वसनीय मूल्यांकनसँगै उपहार, नगद छुट, स्पट फाइनान्स तथा बिमा, ४ वर्ष फ्रि सर्भिस, ३ वर्षको वारेन्टी, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, हरेक गाडीको बिक्रीसँगै प्रदान गरिने जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स तथा मार्केटिङ बीजीएम रुपेश शर्मा भट्टले ग्राहकहरूलाई सधैं उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुन्डाईको देशव्यापी कार्यक्रमले पनि ग्राहकहरूलाई उत्कृष्ट एक्सचेन्ज योजना र आप्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताए । यो योजना देशभरका हुन्डाई डिलर नेटवर्कमा लागू हुनेछ । 

प्रतिक्रिया दिनुहोस्