चुनाव जितेकाे तीन दिनपछि पराजित भइन्, खाेसियाे पद

स्थानीय निर्वाचनमा वडासदस्यमा विजयी घोषित एकजना महिला सदस्यलाई तीन दिनपछि पराजित भएको भन्दै निर्वाचन अधिकृतले प्रमाणपत्र फिर्ता लगेका छन् ।
नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर–२ बाट नेपाली कांग्रेसकी महिला सदस्य उम्मेदवार विन्दा नेपाललाई निर्वाचन अधिकृत हरिलाल पुरीले मत परिणाम सुनाउँदै निर्वाचित भएको घोषणा गरेका थिए ।
मत परिणाम घोषणा गरेको दुई दिनपछि नेपालसहित सबै विजयी उम्मेवारलाई शपथ खुवाउँदै प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
सपथ खुवाएपछि त्यही साँझ नेकपा एमालेका कार्यकर्ताहरुले विरोध गर्दै कार्यालयमा ताला लगाएपछि पुरीले पुनःमतपरिणाम हेर्दै एमालेकी पुष्पा आलेको बढी मत भएको भन्दै उनैलाई विजयी घोषणा गरेका हुन् ।
मतपरिणाम घोषणा गर्दा नेपालको १ हजार ४९ मत भनिए पनि प्राविधिक त्रुटि हुन गएको भन्दै निर्वाचन अधिकृतले त्यसलाई सच्याएका छन् ।