फाइभ–जीमा अमेरिकी कम्पनीले हुवावेसँग मिलेर काम गर्न सक्ने

वासिङटन
अर्को पुस्ताको प्रविधिको मापदण्ड निर्धारणमा अमेरिकी फर्महरुले हुवावेसँग काम गर्न सक्ने अमेरिकी वाणिज्य विभागले सोमबार जनाएको छ ।
२०१९ को मे महिनामा हुवावेलाई इन्टिटी लिस्ट नामको अमेरिकी कालो सूचीमा समावेश गरिएको थियो । यस अनुसार अमेरिकी फर्महरुलाई चिनियाँ प्रविधि कम्पनी हुवावेसँग व्यापार गर्नबाट प्रतिबन्धित गरिएको थियो र अमेरिकी कम्पनीलाई आफ्ना सामग्रीहरु हुवावेलाई बिक्री गर्नका लागि अनुमती लिनु आवश्यक थियो ।
तर वाणिज्य विभागले यो नियम फेरेको छ । यसले मापदण्ड निर्धारण निकायमा अमेरिकी फर्मले हुवावेसँग काम गर्नका लागि सहयोग गर्न सक्ने स्पष्ट पारेको छ ।
“विश्वव्यापी आविष्कारमा अमेरिकाले आफ्नो नेतृत्व त्याग गर्न सक्दैन । यो कदमले हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षाको विकास र सुरक्षा गर्न अमेरिकी कौशल बढाउने विषयको महत्व देखाएको छ,” अमेरिकी वाणिज्य विभागका सेक्रेटरी विल्बर रोसले विज्ञप्तिमार्फत बताएका छन् ।
अघिल्ला पुस्ताको प्रविधि परिभाषित गर्नका लागि अमेरिकी र युरोपेली प्रविधि फर्महरुको भूमिका महत्वपूर्ण रहदै आएको थियो । तर हाल नयाँ प्रविधिहरु देखा परेका छन् । जस्तै फाइभ–जी तथा स्वचालित सवारीका लागि आगामी पुस्ताको मोबाइल इन्टरनेट ।
चीनले यसमा आफ्नो इच्छा देखाएको छ । यो घरेलू मापदण्ड विकास गर्नका लागि मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा सहभागी हुने पनि रहेको छ ।
दुर संचार मापदण्ड निर्धारण निकायमा सहधागी भएको हुवावे यसको एक अंशको रुपमा रहेको छ ।
मापदण्ड निर्धारणमा अमेरिकी कम्पनीको संलग्नता बिना अमेरिकी प्रविधि कम्पनीहरुले उनीहरुको प्रतिस्पर्धी क्षमता गुमाउन सक्छन् ।
वाणिज्य विभागले आफुलाई भावि मापदण्ड निर्धारणमा अमेरिकी कम्पनीहरुको महत्वको रुपमा पहिचान गराएको छ ।
“मापदण्ड निर्धारणमा अमेरिकी सहभागीता र नेतृत्वले फाइभ–जी, स्वचालित सवारी साधन, कृतिम बौद्धिकता र अन्य परिष्कृत प्रविधिको भविष्यमा प्रभाव पार्छ,” यसले भनेको छ ।