मुख्यमन्त्रीबाट एभरेस्ट बैंकको विराटनगर शाखाको नवनिर्मित भवनको उद्घाटन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईबाट एभरेस्ट बैंकको विराटनगर शाखाको नवर्निमित भवनको औपचारिक समुद्घाटन सम्पन्न भएको छ । विराटनगरमा भएको उक्त समुद्घाटन कार्यक्रममा प्रदेश नं १ का गृह तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङबो, बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति थियो । एभरेस्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएम तथा बृहत बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।