काठमाडौंमा क्लासिक टेकको ४ शाखा «

काठमाडौंमा क्लासिक टेकको ४ शाखा

इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदायक संस्था क्लासिक टेकले ४ नयाँ ठाउँमा आफ्नो शाखाहरू विस्तार गरेको छ । बुधबार क्लासिक टेकका प्रबन्धक निर्देशक निशा खरेलले सम्पूर्ण शाखाहरूको उद्घाटन गरिन् । कम्पनीले आफ्नो २० औं गठ्ठाघर शाखा, गठ्ठाघर चोक भक्तपुरमा, २१ औं ललितपुर शाखा थसिखेल, ललितपुरमा, २२ औं कीर्तिपुर शाखा ट्याङ्लाफाँट, कीर्तिपुर र २३ औं बालाजु शाखा माछापोखरी, बालाजु, काठमाडौंमा सुरु गरेको भन्दै छिटोभन्दा छिटो र भरपर्दो सेवा उपलब्ध गराउने नै शाखा विस्तारको मुख्य उद्देश्य रहेको जनाएको छ ।
साथै रकम भुक्तान वा रिचार्जलाई सर्बसुलभ बनाउन विभिन्न अन्लाइन भुक्तान तथा अन्लाइन बैंकिङ सेवाका लागि सहकार्य अघि बढाइसकेको छ भने भिसा, मास्टर कार्ड स्वाइप गरी भुक्तान गर्ने अप्सनका लागि पनि काम अघि बढेको पनि जनाएको छ । क्लासिकटेकको इन्टरनेट, इन्ट्रानेट तथा आईसीटी सम्बन्धित सेवाहरूमा ८ वर्षको अनुभव रहेको तथा यति छोटो समयमा नेपालको ७२ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको पनि कम्पनीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्