फुटवेयर बिजनेस मेलामा अवलोकनकर्ताको भीड

टेकुका बासिन्दा मनोज कुँवर दिउँसोको समयमा खाजा खाने क्रममा नेपाली जुताहरूको प्रदर्शनी भएको कुरा थाहा पाएपछि मेलामा जुत्ता किन्न आए । दुई जोर जुत्ता किनेपश्चात् उहाँले यस्तोे मेला समय–समयमा भइरहनु पर्ने बताएका छन् । नेपाली बजारमा आएका जुत्ताहरू टिकाउ र सस्तो पनी हुने भएकाले आफू नेपाली जुत्ता मेलामा सहभागी भइरहने पनि बताएका छन् ।
यसका साथै उहाँ नेपाली जुत्ता कम्पनीले स्वदेशमै रोजगार दिनुका साथै उद्योग क्षेत्रलाई पनि विस्तार गरेकाले अझ यसलाई बढाउनु पर्ने पनि बताए । मेलामा स्वदेशी जुत्ता किन्न आउने अवलोकनकर्ताको भीडसँगै नेपाली उत्पादनप्रतिको खुसी पनि प्रत्यक्ष रूपमा देख्न पाइएको छ ।
यस मेलामा नेपाली ग्राहकहरूको माझ प्रत्यक्ष ढंगले आफ्नो उत्पादनलाई सहज र सर्वसुलभ रूपमा एकै थलोमा उपल्ब्ध गराउने उद्देश्यले प्रदर्शनी मार्ग भृकुटीमण्डपमा यस मेला आयोजाना गरिएको छ । १ सय ४० स्टल रहेको यस प्रदर्शनी, २५ वटा नेपाली जुत्ता उद्योगहरू मेलामा सहभागी भएका छन् । राजधानीमा आयोजित फुटवेयर बिजनेस एक्स्पो बिहीबारबाट सुरु गरिएको थियो । फुटवेयर म्यानुफयाक्चर एसोसिएसन अफ नेपालले आयोजन गरेको यस मेलाले नेपाली जुत्ता उद्योगलाई अझ नेपाली ग्राहकसँग नजिक हुने अवसरका रूपमा लिइएको थियो ।
यसैगरी मेलामा उत्साहजनक अवलोकनकर्ताको भीड लागेको र मेलामा करिब २० हजारले अवलोकन गरेको आयोजकले बताएका छन् । मेलामा २५ प्रतिशतसम्म छुट दिएको छ भने जुताको मूल्य ५ सय र चप्पलको मूल्य सयदेखी सुरु भएर १० हजार रुपैयाँसम्म छ ।
–रिना खत्री