कार्यथलो र व्यवसाय गर्ने सूचीमा अमेरिका–चीन दुवै खस्किए «

कार्यथलो र व्यवसाय गर्ने सूचीमा अमेरिका–चीन दुवै खस्किए

वासिङटन-आर्थिक शक्तिको मामिलामा ठूला राष्ट्रहरुको बर्चश्व रहेपनि व्यक्तिहरुलाई काम र व्यवसाय गर्ने मामिलामा साना राष्ट्रहरु अनुकुल देखिएको एक रिपोर्टले देखाएको छ ।
इन्सटिच्यूट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले जारी गरेको प्रतिस्पर्धी ¥याङकिङ २०२० मा अमेरिका र चीन दुवैको स्थान ओरालो लागेको छ । चालू अवस्थाको व्यापार तनावले उनीहरुको अन्तर्राष्ट्रिय उपस्थितिमा असर पारेपछि यसले साना अर्थतन्त्रहरुलाई मार्ग प्रसस्त गरेको छ ।
यो मामिलामा सिंगापुर लगातार पहिलो स्थानमा पर्न सफल भएको छ । ६ स्थानका छलाङ मार्दै डेनमार्क दोस्रो स्थानमा आएको छ । शीर्ष पाँचमा अन्य स्वीटजरल्यान्ड तेस्रो, नेदरल्यान्ड चौथो र हङकङ पाँचौ स्थानमा परेका छन् । हङकङ गत वर्ष यो मामिलामा पहिलो स्थानमा थियो ।
अमेरिका दसौ र चीन २० औं स्थानमा परेका छन् । यी मुलुकहरु क्रमशः सात र छ स्थान ओरालो झरेका हुन् ।
यस वर्षका शीर्ष १० प्रतिस्पर्धी मुलुकहरु
१. सिंगापुर
२. डेनमार्क
३. स्वीट्जरल्यान्ड
४. नेदरल्यान्ड
५. हङकङ
६. स्वीडेन
७. नर्वे
८. क्यानडा
९. संयुक्त अरब इमिरेट्स
१०. अमेरिका

 

प्रतिक्रिया दिनुहोस्