अब भारतमै बन्ने भो एफ–१६ फाइटर «

अब भारतमै बन्ने भो एफ–१६ फाइटर

रक्षा क्षेत्रको दिग्गजको रुपमा रहदै आएको अमेरिकी कम्पनी लकहिड मार्टिनले ‘मेक इन इन्डिया’ को मुताविक भारतमै एफ–१६ लडाकु विमानको उत्पादनका लागि भारतलाई आफ्नो प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी एरोस्पेस कम्पनीले भारतमा स्थापित हुन लागेको उत्पादन एकाई एक्सक्लुसिभ हुने तथा यसले भारतको परिचालनको आवश्यकता पुरा गर्ने जनाएको छ ।
पछिल्लो समयमा वायुसेनामा नयाँ लडाकु विमान थप्न भारतले लगातार लडाकु विमानको खरिद गर्दै आएको छ । यसैबीच लकहिड मार्टिनले पुरा उत्पादन प्रणालीलाई भारतमा स्थानान्तरण गर्ने विषयमा छलफल गरेको छ । कम्पनीले भारतमा एसेम्बली लाइन तयार पार्ने इच्छा व्यक्त गरेको छ ।
लकहिड मार्टिनका उपाध्यक्ष विवेक लालले आफूले अन्तर्राष्ट्रिय लडाकु विमानको निर्माताको शब्दकोषमा भारत र एक्सक्लुसिभ दुई सब्द थप्न चाहेको बताएका छन् ।
एफ–१६ को माध्यमबाट भारतीय उद्योगको दुनियाको सबैभन्दा ठूलो लडाकु विमानतन्त्रमा आउने अचम्मको मौका मिलेको लालले बताए । लालका अनुसार लकहिडको प्रस्ताव भारतका लागि विशेष फाइदाजनक हुनेछ । भारतमा हुनेवाल एफ–१६ को उत्पादन एक्सक्लुसिभ हुने उनले बताए । यो भन्दा पहिले यस किसिमको प्रस्ताव विश्वका कुनैपनि विमान निर्माताले नगरेको दावी उनले गरे ।
लालका अनुसार एफ–१६ को टक्करमा अन्य कुनै पनि विमान छैन । विमानको भारतमा उत्पादन हुन थालेपछि यसले भारतको आवश्यकता पुरा गर्ने र मेक इन इन्डियाको प्राथमिकता पनि पुरा गर्न सक्षम हुने उनको भनाई छ । यो विमान मेक इन इन्डिया अनुसारनै बनाइने उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्