उद्योग वाणिज्य संघ पर्वतमा शर्मा विजयी «

उद्योग वाणिज्य संघ पर्वतमा शर्मा विजयी

पर्वत उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि केदारनाथ शर्मा भारी मतले विजयी भए । भर्खरै घोषणा भएको अन्तिम मतपरिणाम अनुसार केदारनाथ शर्माले ८ सय १५ मत प्राप्त गरी अध्यक्षमा विजयी भए भने उहाँका प्रतिस्पर्धी  लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४ सय ५७ मत प्राप्त गरेका छन् । 
त्यस्तै महिला सदस्यमा प्रमिला शर्मा परी र चन्द्रकला शर्मा विजयी भएका छन् भने खुला सदस्यहरूमा ठाकुर बी पौडेल, रमेश शर्मा लामिछाने, सागर श्रेष्ठ, राजन गुरुङ तिला गिरी कृष्ण, कमलबहादुर जिसी, सुनिल भुसाल, गणेश लामिछाने, राजनकुमार जोशी, शेरबहादुर चोचांगी, कृष्णप्रसाद भुसाल, मीनप्रसाद शर्मा, विकास विश्वकर्मा, चित्रबहादुर अधिकारी गोपाल, नारायणप्रसाद पौडेल, मानसिंह भण्डारी, जगन्नाथ अधिकारी, कृष्णप्रसाद रेग्मी, दीपक अधिकारी र शिवशर्मा पौडेल विजयी भए । विजयी भएकाहरूमध्ये शिवशर्मा पौडेल, मानसिंह भण्डारी र राजनकुमार जोशी लोकतान्त्रिक गठबन्धनका उमेद्वार हुन भने अन्य सबै बाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
अध्यक्षसहित २३ जनाको कार्यसमितिमा ४४ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचनमा १ हजार ३ सय ७८ जनाले मतदान गरेका थिए । संघमा आबद्ध १ हजा ५ सय ८७ मतदातामध्ये २ सय ९ जनाले मतदानमा सहभागिता नजनाएको निर्वाचन अधिकृत डिल्लीराम शर्माले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्