फुडमान्डुको ८ औं वर्ष प्रवेश

काठमाडौंका विभिन्न उत्कृट रेस्टुराँहरूबाट खानाका परिकारहरू घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमान्डु प्रालिले आप्नो सातांै वर्ष पूरा गरेको छ । यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी आप्नो वेबसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ । आउँदा दिनहरूमा सेवा गुणस्तरलाई अझ बढाउँदै, सेवा प्रदान गर्ने स्थानहरूको परिधि तथा आफूसँग आवध रेस्टुराँहरूको संख्या क्रमिक रूपमा बढाउँदै लाने योजना छ । फुडमान्डुका प्रमुखकार्यकारी मनोहर अधिकारीले भने । सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सरुुवात गरेको उक्त कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी अर्डरहरू ग्राहकहरूको घरदैलोसम्म डेलिभरि गरिसकेको छ ।
सक्षम, सपर्पित र लगनशील कर्मचारीहरू तथा उच्चस्तरीय प्रविधि र कुशल व्यवस्थापनको माध्यमबाट फुडमान्डुले देशमा आफूलाई खानासँग सम्बध डेलीभरि सेवा प्रदान गर्ने एक भरपर्दो र चिरपरिचित कम्पनीकोे रूपमा स्थापित गर्न सफल भइसकेको छ । सातौंैं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट उपलब्ध गराउने योजना ल्याएको छ । ग्राहकहरूले कम्पनीको वेबसाइट, मोबाइल एप वा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्त गर्न सक्ने छन् । यसका साथै डिसेम्बर १५ देखि नेपालमा नैपहिले पटक अनलाइन फुड फेस्टिभलको आयोजना गर्न गइरहेको जानकारी पनि कम्पनीले गराएको छ ।
१ सय ७५ भन्दा बढी प्रख्यात रेस्टुराँहरूसँग सहकार्य गर्दै आएको फुडमान्डुले स्वादमा विविधता चाहने ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी राखेको छैन ।