विपन्नलाई निःशुलक राहत

पोखरा १८ स्थित सेतीबगरमा रहेको धराने सेकुवा रेष्टुरेण्टका सञ्चालक सहित केही युवाको सक्रियतामा हाल पोखराका विभिन्न वडासम्म निःशुल्क खाना पु-याउने गरेका छन् । यही जेठ ९ गतेदेखि निःशुल्क खाना वितरण गर्दै आउने क्रममा हाल पोखराका ५ वटा भन्दा बढी वडाहरुमा आफूहरुले खाना पु-याउने गरेको धराने सेकुवाका सञ्चालक जुबु गुरुङले बताए ।
पहिला ३६ जनालाई सोही क्षेत्रमा भोको पेट भएकाहरुको लागि निःशुल्क खानाको व्यवस्था गरेसँगै पछिल्लो समयमा खानाको माग भए अनुसार पोखराका ५ वटा भन्दा बढी वडासम्म पुगेर दाल, भात र तरकारी पु-याउने गरेको उनले जनाए । खान आवश्यक भएको ठाउँको पहिचान गरी खाना प्याकिङ गरी विभिन्न क्षेत्रमा खाना पु-याउने गरेको उनीहरुले बताए ।
केही देशका विदेशी पर्यटकहरु समेत लकडाउनले गर्दा पोखरामै रहेको हुँदा उनीहरुलाई समेत राहत स्वरुप हाल प्याकिङ खाना उपलब्ध गराउँदै आएको उनले जनाए ।
बेलायस बसोबास गर्दै आएका चन्द्र गुरुङ र लोक गुरुङको थप सहयोगमा सञ्चालन भएको उक्त अभियानमा हाल उनीहरुका आफन्तहरुको केही सहयोग प्राप्त भएको प्राविधिक रुपमा पोखरा १८ का अध्यक्ष रणबहादुर थापा सहितको टोलीले थप प्रोत्साहन गरेको सञ्चालक गुरुङले बताए ।