दक्षिण एसिया सफलतम् अभ्यास सम्मान

फ्रस्ट एन्ड सलिभनले आफ्नो ‘फ्ल्यागसीप’ सम्मेलन वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एसियाली सम्मेलन–२०१८ मा यस क्षेत्रका सफलतम् अभ्यास सम्मान बैक्वेटबाट विभिन्न कम्पनीहरूलाई सम्मानित गरेको छ ।
उक्त सम्मेलनले ‘डिजिटल रूपान्तरणः व्यावसायिक तथा सामाजिक प्रभाव’ शीर्षकको सेरेफेरोमा रहेर सम्बन्धित उद्योगका विज्ञ, फ्रस्ट एन्ड सलिभनका विषय विज्ञ, र उदाहरणीय काम गरेका प्यानलिस्टहरूबाट उत्प्रेरक मन्तव्य तथा सत्रहरू सञ्चालन पनि गरेको आयोजकले जनाए । २५ भन्दा बढी सम्बन्धित उद्योगका दिग्गज व्यक्तित्वहरूले शीर्षकमा आधारित भएर आफ्नो धारणा राखेको उक्त सममेलनमा डिजिटल दक्षिण एशियाको परिकल्पना गर्न १५० भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति थियो ।
सम्मेलनमा सार्क–चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका अध्यक्ष सुरज वैद्य, सार्क–चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका पूर्वअध्यक्ष डाशो उगेन सेछुप दोर्जी, माल्दिभ्सका लागि वाणिज्यदूत तथा सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र सार्क–चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका कार्यकारी सदस्य तथा उद्योग वाणिज्य महासंघ पाकिस्तानका पूर्वअध्यक्ष जुबैर अहमद मलिकलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
साथै अन्तक्र्रियात्मक छलफलमा उपस्थित वरिष्ठ विषय विज्ञहरूले ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, भर्चुवल रियालिटी, दूरसञ्चार सेवा क्षेत्र, ई–कमर्सलगायत अन्य प्रमुख परिवर्तनकारी तत्वहरूका बारेमा पनि छलफल गरेका थिए जस्ले दक्षिण एसियामा प्रभाव पार्न सक्छ । उक्त सत्रमा फ्रस्ट एन्ड सलिभनका विश्वव्यापी अध्यक्ष तथा प्रबन्ध साझेदार, अरूप जुट्सीले समग्र विश्व यतिबेला डिजिटल क्रान्तिको अनुभव गरिरहेको छ भन्दै यसका कारण व्यापार तथा समाजमा गुणात्मक रूपान्तरण देखा परेको जनाए । तथापी दक्षिण एसियाका केही देशहरूले डिजिटल विकासका क्रममा अवरोध अनुभव गरे पनि आगामी वर्ष सार्क क्षेत्रले उदीयमान बजारका लागि उच्च संभावना प्रदर्शन गरेको छ,” उनले भने ।
फ्रस्ट एन्ड सलिभनका प्रबन्ध निर्देशक मंगेश लाल श्रेष्ठले दीप प्रज्वलन र स्वागत मन्तव्य गर्दै सम्मलेनको हालसम्मको यात्रा र विश्वव्यापी अर्थतन्त्रमा अघि बढ्न सबै सुत्रधारहरूका लागि आजको समयमा नवीनतम रणनीतिहरू किन जरुरी छ भन्ने विषयमा आफ्नो भनाइ राखेका थिए । “प्रतिस्पर्धात्मक व्यापारिक वातावरणमा व्यक्ति तथा कम्पनी दुवैका हैसियतले अघि बढ्नका लागि आजको समयमा नवीनता नयाँ मार्गनिर्देशन भएर आएको छ,” उनले भने । डिजिटल रूपान्तरण एक उपयुक्त साधन हुनसक्छ भन्दै उनले यसबाट विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रमा नयाँ अवसरको सिर्जना तथा सशक्तीकरण गर्दैै दक्षिण एसियामा विकासको गतिलाई बढावा दिन सकिने बताए ।यस्तै, आर्थिक रूपान्तरण तथा समायोजन दक्षिण एसियाको वृद्धि तथा लगानीको अवसरहरूअन्तर्गत सम्मेलन सत्रमा वरिष्ठ विज्ञ तथा सम्बन्धित उद्योगका विज्ञहरूले यस क्षेत्रमा रहेको संभावना जस्तै ऊर्जा, कृषि तथा पर्यटनका बारेमा चर्चा गरेका थिए ।
फ्रस्ट एन्ड सलिभनका अनुसार, सन २०२५ सम्म दक्षिण एशियाली क्षेत्रको समग्र आर्थिक वृद्धिदर ८.३५ प्रतिशत कायम रहने छ भने आर्थिक क्षेत्रमा सार्क राष्ट्रहरूले गर्ने योगदान सन २०२५ सम्ममा ५.३५ प्रतिशत पुग्नेछ । गत वर्ष उक्त योगदान ३.६५ प्रतिशत थियो ।
कार्यक्रमले सार्क क्षेत्रमा पछिल्लो समय भएका राजनीतिक परिवर्तन र त्यसले यस क्षेत्रको आर्थिक वृत्तमा पारको सकारात्मक वृद्धिका बारेमा पनि प्रकाश पारेको थियो ।
यस्तै, कार्यक्रम फ्रस्ट एन्ड सलिभनको २०१८ दक्षिण एसिया सफलतम् अभ्सास सम्मान बैक्वेटसँगै समापन भएको थियो जसमा निकट भविष्यमा उद्योगहरूका लागि उत्प्रेरकको काम गर्ने तथा उद्योगहरूलाई रुपान्तरण गर्न भूमिका खेल्न सक्ने गरी नवीनता, समायोजनकारी सोच भएका तथा उन्नत प्रविधिका क्षेत्रका कम्पनीहरूलाई उनीहरूले हासिल गरेको उपलब्धिका लागि सम्मान गरेको थियो ।
फ्रस्ट एन्ड सलिभनको २०१८ दक्षिण एसिया सफलतम् अभ्सास सम्मान बैक्वेटबाट सम्मानित कम्पनीहरू:
- २०१८ नेपाल कृषि सेवा प्रदायक वर्ष कम्पनी अवार्ड निम्बस् होल्डिङस्
- २०१८ नेपाल सामाजिक उत्तरदायित्व वर्ष कम्पनी – निजी क्षेत्र अवार्ड चौधरी ग्रुप
- २०१८ नेपाल घरेलु एयरलाइन्स वर्ष कम्पनी अवार्ड बुद्ध एयर
- २०१८ नेपाल अटोमोटिभ उद्योग कस्टमर भ्यालु नेतृत्व अवार्ड सिप्रदी टेडिङ
- २०१८ नेपाल बजार नेतृत्व अवार्ड – जलविद्युत बुटवल पावर कम्पनी
- २०१८ नेपाल प्रडक्ट लाइन रणनीति अवार्ड – खाद्य तथा पेय पदार्थ डाबर नेपाल
- २०१८ पाकिस्तान प्रडक्ट लाइन रणनीति अवार्ड – खाद्य तथा डेरी उत्पादन हलिब फुड्स
- २०१८ पाकिस्तान प्रविधि नेतृत्व अवार्ड – सञ्चार तथा सूचना प्रविधि सिस्टम्स्
- २०१८ पाकिस्तान आर्थिक विकास अवार्ड – साना तथा मझौला उद्योग क्षेत्र साना तथा मझौला उद्यम विकास प्राधिकरण (एसएमइडिए)
- २०१८ श्रीलंका लजिस्टिक कम्पनी वर्ष अवार्ड एक्स्पोलङ्का फ्राइट (प्रा.) लि.
- २०१८ श्रीलंका वर्षको बैंक अवार्ड कमसियल बैंक अफ सिलन पीएलसी