सरिता गिरीलाई कारवाही गर्ने पार्टीको चेतावनी «

सरिता गिरीलाई कारवाही गर्ने पार्टीको चेतावनी

जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी गिरीलाई सो पार्टीले कारवाहीको चेतावनी दिएको हो ।
सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी छन् । संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गरेर नेपालको अद्यावधिक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।
समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले संसदीय दलको निर्देशनबिना संशोधन प्रस्ताव दर्ता गराएको भन्दै फिर्ता लिन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्