गाडी कुदाउँदैमा विद्युत्को खपत बढ्दैन : खतिवडा «

गाडी कुदाउँदैमा विद्युत्को खपत बढ्दैन : खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीको प्रयोगले मात्रै विद्युत््को खपत नबढने जवाफ दिएका छन् । मन्त्री खतिवडाले विद्युत् खपत बढाउन औद्योगिकरण र ग्रामीण विद्युतीयकरणमा जोड दिनुपर्ने भन्दै विद्युतीय गाडीले मात्रै विद्युत्को खपत नबढ्ने जवाफ दिएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले विद्युतीय गाडीको भन्सार सरल र सस्तो गर्ने सरकारको नीति भएपनि कति सस्तो बनाउने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए । उनले विद्युत्ीय गाडीको कर पेट्रोलियम पदार्थको भन्दा कम हुनपर्ने आफ्नो पनि मान्यता रहेको भएपनि दक्षिण एसियाली मुलुकको हाराहारी हुने भन्ने विषयमा छलफल हुनुपर्ने पनि बताए । उनले विद्युतीय सार्वजनिक सवारीको नभएर निजी प्रयोगका लागि मात्रै कर बढाएको पनि स्पष्ट पारे । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले विद्युतीय सवारीको १० प्रतिशत कर वृद्धि गरेको छ ।
अर्थमन्त्री खतिवडाले चकलेट आयातमा भन्सर दर घटाइएकोबारे पनि प्रष्ट पारेका छन् । उनले हाल १ सय २३ वटा र्फमले चकलेट आयात गरिरहेको भन्दै कुनै एउटा फर्मलाई हेरेर निर्णय नगरेको स्पष्ट पारेका हुन् । गत वर्षको बजेटबाट चेकलेटको भन्सार १० प्रतिशतले बढाएर ४० प्रतिशत पु-याइएकोमा चोरी तस्करीको अवस्थालाई हेरेर यो वर्ष समायोजन गरिएको उनको तर्क छ ।
अर्थमन्त्री खतिवडाले कोरोना भाइरस नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गरिने पनि बताए ।
अर्थमन्त्री खतिवडाले राजस्वको दायरा बढाउँदा पनि पछिल्लो वर्षमा राजस्व बढ्न नसकेको उल्लेख गर्दै अबका दिनमा उच्च अंकको आर्थिक वृद्धि हात नपारी राजस्व पहिलकै दरमा बढाउन नसकिने अवस्था आएको समेत बताए । यस्तै, कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावका कारण चैतपछि फरक परिस्थितति सिजना भएको भन्दै उनले अब मुलुकको अर्थतन्त्रको सबैले जिम्मा लिनुपर्ने पनि बताए ।
अर्थमन्त्रीको राजीनामा माग
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले अर्थमन्त्री डा. खतिवडाको राजीनामा माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसद सुवालले विद्युतीय गाडीमा भ्रष्टाचार भएको भन्दै मन्त्री खतिवडाको राजीनामा माग गरेका हुन् । उनले रेल दुर्घटनामा भारतीय रेलमन्त्री लालबहादुर शास्त्रीले राजीनामा दिएको तथा विदेशमा डलर जम्मा गरेको कारण नेपालका अर्थमन्त्री डा. रामशरण महतले राजीनामा दिएका स्मरण गराउँदै विद्युतीय गाडीमा अर्बौ घोटाला हुँदा पनि अर्थमन्त्रीले राजीनामा किन नदिएको भन्दै प्रश्न पनि गरे ।
सांसद सुवालको प्रश्नको जवाफमा मन्त्री खतिवडाले हरेक विषयमा राजीनामा दिँदै जाने हो भने कुनै मन्त्रीले पनि बजेट पास गर्न नसक्ने बताए ।
यस्तै, मन्त्री खतिवडाले एमसीसी सरकारको प्रस्ताव भएको भन्दै संसदमा विचाराधिन रहेको विषयमा पूर्व निर्णय नगर्न आग्रह गर्दै उक्त सम्झौता तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने भन्दै एमसीसी सम्झौता तोड्न नहुने पनि बताए ।

नेपाली काँग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्ब रुपैयाँको हिसाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरे । जवाफ दिने क्रममा अर्थमन्त्री खतिवाडाले हालसम्म कोरोना नियन्त्रणका लागि सरकारले पारदर्शी रुपमा खर्च गरिरेहको भन्दै खर्चको पूर्ण विवरण सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्