कास्कीका पत्रकारको कोरोना बिमा गरिने «

कास्कीका पत्रकारको कोरोना बिमा गरिने

पोखरा- कास्कीका पत्रकारको कोरोना बिमा गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले कोरोनाको शंक्रमण बढ्दै गएकाले महासंघमा आबद्ध पत्रकारहरूको कोरोना बिमा गरिने भएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
नेपाल पत्रकार महासंघ कास्कीको सोमबार आयोजना भएको अनलाइन मिटिङले महासंघका सदस्य पत्रकारहरूको कोरोना बिमा गर्ने निर्णय गरेको सचिव रामप्रसाद तिमिल्सिनाले जनाए । महासंघ कास्कीमा करिब ३ सय पत्रकार आबद्ध छन् । कोरोना बिमा शुल्कः एकलमा गर्दा प्रतिव्यत्ति १ हजार र समूहमा वा पारिवारिक रूपमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क लाग्ने गर्छ ।
यदि बिमा गराएको १५ दिनपछि कुनै व्यक्तिमा कोरोना पुष्टि भएसँगै १ लाख रुपैयाँ दाबी गर्न सकिन्छ । नेपाल सरकारले पनि कोरोना बिमालाई प्राथमिकता दिएको छ । पोखराका केही सञ्चार माध्यमहरूले भने केही दिनअघि नै आफ्ना पत्रकारसहित कर्मचारीहरूको कोरोना बिमा गराएका छन् । यसअघि महासंघ कास्की शाखाले पत्रकारलाई विभिन्न चरणमा गरी प्रेस ज्याकेटसमेत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्