प्लास्टिकको क्वारेन्टाइनमा बसेकालाई भवनमा सारियो «

प्लास्टिकको क्वारेन्टाइनमा बसेकालाई भवनमा सारियो

मुगु- मुगुस्थित खत्याड गाउँपालिकाले तरकारी फलाउने प्लास्टिकको पालमा क्वारेन्टाइन बनाई स्थानीयलाई राखेको समाचार प्रकाशन भएपछि उनीहरुलाई विद्यालयको भवनमा सारिएको छ ।
खत्याड गाउँपालिकाको वडा नं ५ हलेखाडामा तरकारी फलाउन प्रयोग गरिने ग्रिन हाउसमा क्वारेन्टाइन बनाई चिसोमा राखेपछि सर्वत्र आलोचना हुन थालेपछि गाउँपालिकाले गएको शनिबार बिहान वडा नं ७ गम्थामा रहेको लोकप्रिय माध्यमिक विद्यालयको भवनमा क्वारेन्टाइन बनाई सारिएको हो ।
बिहीबार बसेको कार्यपालिकाको बैठकले वडा नं २ सेरी मसानेको चौरमा सुविधायुक्त क्वारेन्टाइन बनाई हलेखाडा र छोटेका क्वारेन्टाइनमा बस्दै आएकालाई सार्र्ने र त्यसको जिम्मा वडा नं २ का वडाध्यक्षलाई दिने निर्णयसमेत गरेको छ ।
कार्यपालिकाले गरेको निर्णयविपरीत गाउँपालिकाले शुक्रबार राती हलेखाडाबाट रातारात मान्छे ल्याएर गाउँको विचमा रहेको विद्यालयमा राखेपछि स्थानीयले शनिबारदेखि विरोध गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्