फ्रिडम फोरमद्वारा अनलाइन पत्रकारहरूको निःशुल्क कोरोना बिमा «

फ्रिडम फोरमद्वारा अनलाइन पत्रकारहरूको निःशुल्क कोरोना बिमा

अनलाइन पत्रकार संघमा आबद्ध सबै पत्रकार साथीहरूको १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बिमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बिमा भएको हो ।
यो बिमा कार्यक्रमका लागि संघका सदस्य साथीहरूले बिमा शुल्क तिर्नुपर्नेे छैन । अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बिमा शुल्क तिरेर नेपालको अग्रणी बिमा कम्पनी शिखर इन्स्योरेन्समा बिमा गराइएको हो ।
अहिले नेपाली पत्रकारिताको मूलधारका रूपमा स्थापित भइसकेको अनलाइन पत्रकारितमा संलग्न पत्रकार साथीहरू समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता कार्यका लागि कार्यस्थलमा खटिनु पर्ने र कोरोना भाइरस (कोभिड– १९) संक्रमणको उच्च जोखिम क्षेत्रमा रहेर समेत काम गर्नुपर्ने अवस्थाका कारण कोरोना बिमाले श्रमजीवी पत्रकारलाई केही राहत मिल्ने विश्वास संघ र फोरमले लिएका छन् ।
अनलाइन पत्रकार संघमा आबद्ध सबै पत्रकार साथीहरूको कोरोना बिमाका लागि लाग्ने बिमाशुल्क तिरेर बिमा गराउन सहयोग गरेकोमा फ्रिडम फोरमप्रति संघ विशेष अभार व्यक्त गर्छ । आगामी दिनमा पनि यो प्रकारको सहयोग र सहकार्यका लागि फोरमसँग संघले अपेक्षा पनि गरेको छ ।
श्रमजीवी पत्रकारहरूको संस्था अनलाइन पत्रकार संघले आफ्ना सदस्य साथीहरूको क्षमता अभिवृद्धि, पेसागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता विषयमा गम्भीर वकालत र पहलकदमी लिँदै आएकोमा आगामी दिनमा पनि सदस्यहरूलाई बढीभन्दा बढी फाइदा पुग्ने प्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने विश्वास दिलाउन चाहन्छौं ।

 

 

प्रतिक्रिया दिनुहोस्