भारतमा शाओमीको रेडमी–५ लन्च «

भारतमा शाओमीको रेडमी–५ लन्च

शाओमीले भारतमा आफ्नो नयाँ रेडमी स्मार्टफोन लन्च गरेको छ । कम्पनीको नयाँ बजेट फोन शाओमी रेडमी–५ एक अनलाइन इभेन्टमा पेस गरिएको छ । यो फोनमा ठूलो डिस्प्ले, लामो ब्याट्रीको आयु, तीव्र गतिको प्रोसेसर, कम्प्याक्ट डिजाइन तथा ठूलो सेल्फी क्यामरा राखिएको छ । यो फोन ‘मेक इन इन्डिया’ को मुताबिक बनाइएको हो । यो स्मार्टफोनमा २ जीबीको ¥याम-१६ जीबीको स्टोरेज, ३ जीबीको ¥याम-३२ जीबीको स्टोरेज तथा ४ जीबीको ¥याम-३२ जीबीको स्टोरेज भेरियन्टमा लन्च गरिएको छ ।
रडमी–५ मा रिइन्फोर्सड कर्नर दिइएको छ । कम्पनीले यो चल्दाको समयमा फोनमा स्क्र्याच नआउने दाबी गरेको छ । यो फोन १ मिटरको उचाइबाट खस्दा पनि फोनमा खराबी नआउने दाबी कम्पनीको छ ।
शाओमी रेडमी–५ को सुरुवाती मूल्य भारतमा ७ हजार ९ सय ९९ भारु पर्छ । यसमा २ जीबीको ¥याम प्लस १६ जीबीको स्टोरेज भएको भेरियन्टको मूल्य ७ हजार ९ सय ९९ भारु पर्छ । ३ जीबीको ¥याम प्लस ३२ जीबीको स्टोरेजको मूल्य ८ हजार ९ सय ९९ रुपैयाँ पर्छ । यसैगरी ४ जीबीको ¥याम प्लस ३२ जीबी स्टोरेज भेरियन्टको मूल्य १० हजार ९ सय ९९ रुपैयाँ पर्छ । कम्पनीले फोनका लागि रिलायन्स जियो तथा एसबीआई कार्डसँग साझेदारी गरेको छ । रिलायन्स जियोको ग्राहकले फोन खरिद गर्दा २ हजार २ सय रुपैयाँको क्यासब्याक पाउनेछन् । साथसाथै १ सय जीबीको अतिरिक्त डेटा पनि मिल्छ । यसैगरी एसबीआई कार्डको साथमा स्मार्टफोन खरिद गर्दा ५ प्रतिशतको छुट पनि मिल्छ । यो स्मार्टफोन गोल्ड, रोज गोल्ड, कालो र लेक ब्लू रंगमा उपलव्ध हुने छ ।
यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ४५० प्रोसेसर राखिएको छ । फोन २ जीबी, ३ जीबी, ४ जीबी ¥याम तथा १६ जीबी तथा ३२ जीबी स्टोरेजमा उपलव्ध छ ।
क्यामरातर्फ रेडमी–५ मा एपर्चर एफ-२.२, पीडीएएफ तथा एलईडी फ्ल्यासका साथसाथै १२ मेगा पिक्सेलको रियर सेन्सर दिइएको छ । फोनको अगाडिपट्टि भागमा एक एलईडी सेल्पफी लाइट फ्ल्यासका साथ १२ मेगापिक्सेलको रियर सेन्सर दिइएको छ । फ्रन्ट क्यामरामा शाओमीको ब्यूटिफाई ३.३० दिइएको छ । कम्पनीका अनुसार यो फोनको क्यामेराले कम प्रकासमा पनि राम्रो तस्बिर लिन सक्छ ।
यो फोनमा ३३०० एमएएच ब्याट्री राखिएको छ । कम्पनीका अनुसार यो ब्याट्रीको सहयोगमा फोन १७ घण्टासम्म स्ट्यान्डबाई टक टाइम हुनेछ । यो फोनमा १४ घण्टासम्मको भिडियो प्लेब्याक तथा ९ घण्टाको गेम प्लेब्याक टाइम मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्