धरहरा बनाउन स्थानीयको दबाबमूलक अभियान «

धरहरा बनाउन स्थानीयको दबाबमूलक अभियान

 मेरो धरहरा मै बनाउँछु अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमूलक अभियानमा धरहरा आसपासका स्थानीय लागेका छन् । स्थानीयले पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम बनाएका छन् ।
स्थानीयले ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाऔं, धरहरा बनाउँ, हस्ताक्षर अधियानमा सहभागी बनौं’ भन्ने ब्यानरसहित हस्ताक्षर संकलन गरिरहेका छन् । साथै उनीहरुले ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ५१ हजार १ सय १ रुपैयाँ पनि जम्मा गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
खिचापोखरी युवा क्लबसहित स्थानीयहरु मनोज शम्सेर जबरा, वेदप्रकाश गौतम, रामेश्वर शिवा, कर्ण शाही, कृष्ण केसीलगायतको अगुवाईमा संघर्ष समिति नै बनाएर उक्त अभियान अगाडि बढाइएको छ ।
“यो सांकेतिक शुरुवात हो, हामी लाखौंको हस्ताक्षर संकलन गरेर धरहरा बनाउने अभियानमा लागेका छौं । धरहरा बनाउने प्रतिबद्धतासहित शिलान्यास नभएसम्म हाम्रो चरणबद्ध दबाबमुलक कार्यक्रम अगाडि बढि नै रहनेछ,” स्थानीय वेदप्रकाश गौतमले भने ।
यसअघि धरहराको दक्षिणतर्फ रहेको जग्गामा भीम मुक्तेश्वर गुठी संस्थाले भाडामा लिई व्यापारिक भवन बनाउन लागेकोमा स्थानीयले विरोध गर्दै महानगरबाट नै त्यस कार्यलाई रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्