हुम्लामा पनि –याफ्टिङ «

हुम्लामा पनि –याफ्टिङ

हुम्ला – हुम्लामा पहिलो पटक व्यावसायिक जलयात्रा (–याफ्टिङ ) सुरु भएको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुनाथ मन्दिरदेखि याँचुसम्मको ३ किलोमिटरको दूरीमा अब –याफ्टिङ गर्न सकिने भएको छ । एक औपचारिक कार्यक्रमको माध्यमबाट कर्णाली –याफ्टिङ तथा एड्भेन्चर प्रालिले –याफ्टिङ सुरु गरेको हो । हुम्लाको प्रायजसो ठाउँमा –याफ्टिङ गर्न सकिने सम्भावना भएको भए पनि हालसम्म व्यवसायिक –याफ्टिङ सुरु भएको थिएन ।
पर्यटन प्रवद्र्धनको लागि –याफ्टिङ ले ठूलो टेवा पु¥याउने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । –याफ्टिङ मा जति आम्दानी रहेको छ, त्यसको अलावा यात्रीको सुरक्षामा समेत ध्यान पु¥याउन सकिए समृद्ध हुम्ला हुने शर्माको भनाइ छ । विदेशी पर्यटकले आफैं बेला बेलामा –याफ्टिङ गरेको भए पनि स्वदेशी पर्यटकको लागि भने –याफ्टिङ पहुँचमा नभएकोमा अब सुरु भएको अर्जुन दर्जीले बताए ।
हुम्ला कर्णालीमा नेपालको अन्य नदीभन्दा –याफ्टिङ गर्दा केही बढी जोखिम भएको भए पनि यसको राम्रो सम्भावना रहेको गाइड कालु चौधरीले बताए । आन्तरिक तथा बाह्य पर्यटन सुधारको लागि यो व्यवसाय सुरु गरेको कर्णाली –याफ्टिङ एण्ड एडभेन्चर हुम्लाका अध्यक्ष बुद्धि बूढाले बताए । ३ किलोमिटरको यात्रामा कैयौं ¥याफ्ट भएको भए पनि यात्रा अत्यन्त रोमान्चक भएको यात्रुको भनाइ थियो ।
हुम्लामा स्वदेशी तथा विदेशी पर्यटकको लागि यो व्यवसाय राम्रो हुने समेत आँकलन गरिएको छ । सदरमुकाम सिमिकोटदेखि १ घण्टाको गाडीबाट खार्पुनाथ मन्दिर दर्शनपश्चात –याफ्टिङ मा सामेल हुन सक्ने व्यवस्था व्यवसायीले गरेका छन् । दूरीलाई मध्यनजर गरी प्रतियात्रु २ सय ५० देखि २ हजार सम्म टिकटको व्यवस्था गरिएको छ । साहसिक यात्रा गर्न चाहने पर्यटकको लागि हुम्ला कर्णाली राम्रो गन्तव्य स्थलको रुपमा मानिएको छ । चीनको मानसरोवर तालबाट आएको हुम्ला कर्णाली र चुवाखोलाबाट आएको हुम्ला कर्णालीको संगमस्थल खार्पुनाथबाट एक पटकमा १० जना यात्रुलाई –याफ्टिङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।
–याफ्टिङ को परिक्षण सफल रुपमा सम्पन्न भएको छ । ३ किलोमिटरको दुरीको यात्रा पूरा गरेपछि सवारी साधनको सुविधा नभएकोले हावा खुस्काएर घोडा वा खच्चरको प्रयोग गरी खार्पुनाथ पु¥याउने गरिएको छ । हुम्लाका युवाको १४ लाख सेयर लगानीमा सुरु भएको यो व्यवसाय नयाँ भएका कारण यहाँका बासिन्दाले खुसी व्यक्त गरेका छन् ।
पर्यटनको नयाँ आयाम –याफ्टिङ व्यवसायले थपेको स्थानीयको भनाइ छ । पहिलोचोटी –याफ्टिङ सुरु गर्दा छिप्रा, नल्ला, खार्पुनाथ, याँचुलगायत ठाउँका वासिन्दाले अचम्म मानेर हेर्नेको भीड नदीको किनारमा लागेको थियो ।
हुम्लामा निर्माणाधिन सडक खण्ड सबै टेण्डर भइसकेको भए पनि मोटर बाटोको ट्रयाक हालसम्म नखुल्दा यो व्यवसायमा केही कठिनाइसमेत भइरहेको छ । हुम्लाको लागि नयाँ र उत्साहित व्यवसाय भएको, अधिकांश युवा जीवनमा केही नयाँ अनुभव लिनको लागि समेत –याफ्टिङ गर्ने गरेका छन् । वैशाखदेखि हुम्लामा पर्यटकको भिड बढ्ने मौसम भएका कारण पर्यटकले हुम्लामा आएर केही नयाँ स्वाद लिएर फर्कन सक्ने वातावरण यो व्यवसायबाट लिन सक्ने सेयरधनीहरुले बताएका छन् ।
सिमिकोटदेखि मानसरोवर यात्रामा निस्कने भारतीय नागरिक हेलिकोप्टरको उडानबाट सिधै हिल्सा नाका हुँदै जाने र फर्कंदा सिमिकोटमा एक रात बसेर जाने परम्परा भएको भए पनि यो व्यवसायबाट अब केही दिन हुम्लामा रोकिन सक्ने सम्भावना रहेको छ । त्यसैगरी तेस्रो मुलुक र अन्य विदेशीले हुम्लामा साहसिक यात्राको लागि एक गन्तव्य स्थानको रुपमा विकसित गर्न सकिने सम्भावना रहेको छ । हुम्ला कर्णालीको वहाब अत्यन्त तिव्र भएको भए पनि जलयात्राको लागि राम्रो स्थान मानिएको छ । जलयात्रालाई अझ व्यवस्थित तवरले सञ्चालन गर्न सकेमा हुम्लीको आर्थिक स्तर समेत सुधार हुने अवस्था रहेको छ ।
यहाँ पुग्नको लागि हवाइ मार्गबाट ठूलो लगानी गर्नुपर्ने अवस्था भएकै कारण जलयात्रा फस्टाउन सकेको छैन । राष्ट्रिय राजमार्ग कर्णाली करिडोरको बाटो नखुलेसम्म हुम्लामा जलयात्रा, हाइकिङ्ग, स्केटिङ्ग, रक क्लाईम्बिङ्गलगायतका सम्भावना प्रचुर भएको भए पनि यसलाई सुरुवात नै गर्न सकिएको छैन । नेपाली र अन्य देशका फिल्ममा दिइने दृश्यभन्दा यहाँ प्राकृतिक दृश्य लिनको लागि अति नै उत्तम ठाउँको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । –याफ्टिङ बाट हुम्ला कर्णाली हुँदै बर्दियाको चिसापानीसम्म नै यात्रा गर्न सकिने रुटको विकास गर्न सकिएमा पर्यटकको लागि राम्रो हुने देखिएको छ ।
गत केही वर्षहरुमा विदेशी नागरिकले भने हुम्लाको कर्णाली हुँदै कर्णाली चिसापानी पुलसम्म कैयौं पटक कायाकिङ्ग गरिसकेको भएता पनि व्यावसायिक रुपमा कायाकिङ्ग गर्न सकिएको छैन । त्यसको लागि करोडौं रकमको आवश्यक पर्ने र दक्ष प्राविधिक उपलव्ध नहुनु यसको मुख्य समस्या रहेको छ । हुम्लामा –याफ्टिङ गाईड स्थानीय युवा सर्केगाड गाउँपालिका वडा नं. ६ का जितेन्द्र शाही मात्र रहेको भएता पनि यसको संख्या अझ वृद्धि हुनपर्नेमा उनको जोड रहेको छ ।
–याफ्टिङ को लागि भनेर हाल जिल्लाभन्दा बाहिरको जनशक्तिमा नै भर पर्नुपर्ने अवस्था अझै रहेको छ । पर्यटन र यससँग सम्बन्धित अन्य सरोकारवाला निकायले यसबारेमा बेलैमा ध्यान दिन सकिएमा हुम्लाको पर्यटनको राम्रो सम्भावना देखिएको छ । सुरुवातीको पहिलो दिन प्रमुख जिल्ला अधिकारी, स्थानीय गाउँपालिकाका प्रमुख, कार्यकारी अधिकृत, पत्रकारलाई –याफ्टिङ गराउने रुटको जानकारीको साथमा सयर गराइएको थियो ।

बक्स
बुलबुले तालमा पनि –याफ्टिङ को मजा
सुर्खेत । सुर्खेतको प्रख्यात पर्यटकीय स्थल ‘बुलबुले ताल’ मा –याफ्टिङ सुरु गरिएको छ । आन्तरिक पर्यटकहरुको प्रमुख रोजाइमा रहेको बुलबुलेमा चैत २ गतेदेखि –याफ्टिङ सुरु भएको हो ।
उपत्यका नगर विकास समितिसँगको सहकार्यमा भेरी कर्णाली ¥यापिड एडभेन्चर प्रालिले –याफ्टिङ सञ्चालन गरेको छ । बुलबुले ताल घुम्न आउने पर्यटकहरुको सुविधाका लागि नगर विकास समितिसँगको सहकार्यमा –याफ्टिङ सुरु गरिएको सञ्चालक सञ्चालक समुन्द्र गौतमले बताए । उनका अनुसार बुलबुले तालको सयर गर्न ३० देखि ४० मिनेट लाग्छ । बुलबुले ताल सयरका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय र विद्याथीहरुलाई ५० रुपैयाँ शुल्क लाग्ने सञ्चालक पौडेलले बताए । उनले ¥याप्mटिङमा एक पटकमा १२ जनासम्मले तालको अवलोकन गर्न सक्ने व्यवस्था गरिएको जनाए ।
“‘चर्चित बुलबुले ताल घुम्न आउने पर्यटकहरुलाई सुविधा दिन –याफ्टिङ सुरु गरेका छौँ,” सञ्चालक गौतमले भने, “बुलबुले आफैंमा चर्चित पर्यटकीय स्थल भएकाले अब झनै पर्यटकहरुको आगमन बढ्छ भन्ने हाम्रो विश्वास छ ।”
बुलबुले घुम्न आउने पर्यटकहरुका लागि आकर्षण थप्दै गएको र सोही अनुसार –याफ्टिङ सेवा सञ्चालन गरिएको उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले बताए । “बुलबुले घुम्न आउने पर्यटकहरु यसअघि सन्तुष्ट हुन नसक्ने अवस्था थियो,” अध्यक्ष कोइरालाले भने, “पर्यटकहरुलाई थप मनोरञ्जनका लागि धेरै कुरा सुधार गरेका छौँ । –याफ्टिङ पनि यसैअन्तर्गत हो ।”
उनले बुलबुलेलाई पछिल्लो समय व्यवस्थित गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन बढेको जनाए । सुरुको १० दिन भेरी कर्णाली ¥यापिड एड्भेन्चर प्रालिलाई ट्रायलका लागि निःशुल्क सञ्चालन गर्न दिएको उपत्यका नगर विकास समितिले जनाएको छ । १५ दिनसम्मको अवस्था हेरेर कम्पनीसँग वार्षिक सम्झौता गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्