पोखरा फाइनान्स २१ औं वर्षमा प्रवेश

पोखरा लेखनाथ महानगरपालिका न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं वर्ष प्रवेशको उपलक्ष्यमा संस्थाले प्रधान कार्यालयको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । २१ औं वर्ष प्रवेशकै अवसरमा संस्थाले वित्तीय साक्षरता एवं सफा नोट अभियानसम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको पनि जनाएको छ । पोखराको बिरौटा क्षेत्र वरपर वित्तीय साक्षरता जगाउन यो प्रभातफेरी गरिएको हो