कोभिड–१९ मा सबैभन्दा बढी सर्च गरिएको शब्द ‘इन्सोम्निया’ «

कोभिड–१९ मा सबैभन्दा बढी सर्च गरिएको शब्द ‘इन्सोम्निया’

वासिङटन-कोरोनाभाइरकाका कारण विश्वले पहिलो पटक यती लामो समयको लकडाउनको सामना गर्नु परेको छ । घरमै कैद हुनाले मानिसको दैनिक क्रियाकलाप पनि तहसनहस भएको छ । मानिसलाई घरैबाट कामा गर्न अर्थात ‘वक फ्रम होम’ का लागि आग्रह गरिएको छ । तर यसका कारण एउटा नयाँ समस्या मानिसको सामु देखा परेको छ । त्यो हो अनिद्रा अर्थात ‘इन्सोम्निया’ ।
कोभिड–१९ का कारण मानिसलाई घरैबाट काम गर्ने अनुभव नयाँ भएको छ । विशेषगरी जसको घरमा साना बच्चा छन्, उनीहरुलाई वर्क प्रम होम गर्न अत्यन्तै मुश्किल भएको छ । यसैबीच तलब काटिने र जागिरबाट निकालिने डरले माानसलाई थप अप्ठेरो बनाएको छ । भविष्यको चिन्ताका कारण मानिसलाई रातीमा निद्रा आउन छोडेको छ । यसैका कारण उत्तरी मेसोडोनिया तथा आयरल्यान्डमा इन्सोम्निया शब्द गुगलमा सर्वाधिक सर्च गरिएको छ । यसैगरी अस्ट्रेलिया, बेलायत र आयरल्यान्डका मानिसले गुगलमा कान्ट स्लीप अर्थात म सुत्न सक्दिन भन्ने शब्द सबैभन्दा बढी पटक सर्च गरिएको थियो ।
गुगलमा यसको बारेमा व्यापक सर्च भएपछि बेडटाइम सुविधा सुरु गर्नका लागि कम्पनी लागि परेका छन् । उनीहरुले जो मानिस अनिद्रासँग जुझिरहेका छन्, उनीहरुका लागि टिप्स दिएका छन् । राम्रो निद्रका लागि कयौ विशेषज्ञले दिनचर्या बनाई राख्नका लागि महत्वपूर्ण भएको बताएका छन् । दिनचर्याको कमीले अनियमित निँदको अवस्था सिर्जना हुन सक्छ । जुन अन्त्यमा एर निद्राको समस्याको कारण बन्न सक्छ ।
ओछ्यानबाट काम गर्नाले मस्तिष्कलाई भ्रमित गर्ने संकेत पठाउन सक्छ । यसैले आफ्नो ओछ्यानलाई एक आरामा क्षेत्रको रुपमा राख्नुहोस् । दिनमा सक्रिय रहनाले तपाईको शरीरलाई साझ सम्म थकान महसुस हुनेछ । जसका कारण तपाईलाई रातमा राम्रो निद्रा लाग्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्