ओपो ए७१को नयाँ भ्यारियण्ट ए७१(२०१८) सार्वजनिक हुने «

ओपो ए७१को नयाँ भ्यारियण्ट ए७१(२०१८) सार्वजनिक हुने

ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन थप गर्ने तयारी गरेको छ । ओपोले चाँडै नै नेपाली बजारमा ओपो ए७१(२०१८) सार्वजनिक गर्ने घोषणा गरेको हो । परिस्कृत एआई ब्युटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोसेसर सहितको ए७१(२०१८)को फ्रन्ट क्यामेरामा ओपोको कोर सेल्फी प्रविधि उपलब्ध गरिएको छ भन्दै कम्पनीले फोनमा अपनाइएको स्ल्मि मेटालिक युनिबडी डिजाइनले युवावर्गलाई आफूतिर आकर्षित गर्ने निश्चित रहेको दाबी गरेको छ ।
नेपालमा ओपो ए७१को पहिलो संस्करण ओक्टाकोर सीपीयू+ ३ जीबी र्याम र ३ हजार एमएएच ब्याट्रीसहित सेप्टेम्बर २०१७ मा सार्वजनिक गरिएको थियो । नेपालको मिड रेञ्ज्ड स्मार्टफोन बजारमा फोन निकै लोकप्रिय प्रमाणित भयो । सोही समयदेखि उपभोक्ताद्वारा फोनका थप भ्यारियन्टको माग हुँदै आइरहेको छ । यही मागको सम्बोधन गर्दै यही मार्च महिनाभित्रै ए७१(२०१८) सार्वजनिक गर्ने घोषणा गरेको हो । कम्पनीले नयाँ फोन सुनौलो र कालो गरी दुई रंगमा सार्वजनिक हुने जानकारी दिएको छ । कम्पनीका अनुसार ओपोको देशभर छरिएर रहेका बिक्री केन्द्रमार्फत नयाँ फोन उपलब्ध गराइनेछ ।
ओपो ए७१ (२०१८)का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपाली बजारमा चाँडै नै अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइन सहितको ए७१ (२०१८) सार्वजनिक गर्ने हाम्रो तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्