मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल

मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा विभिन्न वाणिज्य बैंकहरूमा लामो समय अनुभव हासिल गरी २०७३ मंसिर १९ गते बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत प्रद्युमन पोखरेललाई आगामी चार वर्षका लागि नियुक्त गरेको छ । वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ म नबिल बैंकबाट आफ्नो बैंकिङ क्यारियर सुरु गरेका थिए भने करिब १९ वर्ष नबिल बैंकका विभिन्न विभागहरूको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रूपमा कार्यरत पोखरेल सन् २०१६ अर्थात् २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
बैंकको स्थापना कार्यकालदेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ को वैशाख मसान्तमा समाप्त हुन गएको हुँदा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरिएको बैंकले जनाएको छ । पोखरेललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरे तापनि उनको कार्यकाल ०७५ जेठ १ गते देखि लागू हुने छ भने सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहने छन् ।