आइक्यानले मनायो वल्र्ड एकाउन्टेन्सी एजुकेसन डे

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्सी (आइक्यान)ले शुक्रबार वल्र्ड एकाउन्टेन्सी एजुकेसन डे मनाएको छ । नोभेम्वर १४९४ मा लुकाबार्टोलोमियो डि प्यासीयोले दोहोरो लेखा प्रणालीसम्बन्धी पुस्तक प्रकाशन गरेको र मोर्डन एकाउन्टिङको सुरुआत गरेको अवसरमा १० नोभेम्बरलाई अकाउन्टिङ डे मनाउन थालिएको हो ।
इन्टरनेसनल फेडरेसन अफ एकाउन्टेन्ट, कन्फेडरेसन अफ एसियन एन्ड प्यासिफिक अकाउन्टेन्ट, एसियन फेडरेसन अफ एकाउन्टेन्टको पहलमा ती संस्थाहरुका सदस्यको हैसियतले आइक्यानले पनि पहिलो पटक अकाउन्टेन्सी डे मनाएको हो ।
लेखा शिक्षाको महत्व फैलाउनु, लेखा क्षेत्रको विकासमा भएका प्रयास र त्यसबाट प्राप्त उपलब्धि प्रस्तुत गर्नु, लेखा शिक्षाका मुद्दा र लेखा क्षेत्रमा भएका विकासका बारेमा जानकारी दिनु, जनमानसमा लेखा शिक्षाप्रति जनचेतना जगाउनु र लेखा शिक्षालाई समयानुकूल विकसित गर्नु मुख्य उद्देश्य रहेको जनाइएको छ ।