आईएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिटेन्स सेवा सुरु «

आईएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिटेन्स सेवा सुरु

 

नेपालस्थित आईएमई र भारतस्थित मुथुत फाइनान्सले बिहीबारदेखि भारत–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् । यस सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौं नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् भन्दै कम्पनीले यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सयभन्दा बढी आईएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै भुक्तानी लिन सकिने जनाएको छ ।
नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ । नेपालस्थित ग्लोबल आईएमई बैंक र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिङ साझेदार संस्था भएको पनि जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्