नेको इन्स्योरेन्सले जित्यो फोर्ड कर्पोरेट फुटसल «

नेको इन्स्योरेन्सले जित्यो फोर्ड कर्पोरेट फुटसल

फोर्ड कर्पोरेट फुटसलमा नेको इन्स्योरेन्सले च्याम्पियनको उपाधि जितेको छ । शनिबार बेलुका कृतिम प्रकाशमा भएको फाइनल खेलमा नेको इन्स्योरेन्सले ग्लोबल आईएमई बैंकलाई टाइब्रेकमा ३–१ को गोल अन्तरले हराउँदै च्याम्पियनको उपाधि चुमेको हो ।
कालोपुलस्थित धन्यन्तरी फुटसलमा भएको रोमाञ्चक फाइनल खेलमा ग्लोबल आईएमई बैंकका प्रजित कर्मचार्यले ३ मिनेट २५ सेकेन्डमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ग्लोबल आईएमई बैंकको उत्साह सेकेन्डमै स्तब्ध बन्यो, जब नेको इन्स्योरेन्सका क्षितिज सुवेदीले ३५ सेकेन्डभित्रै गोल फर्काइदिए । खेल प्रारम्भ भएको ४ मिनेटभित्र १–१ गोल गरेका दुवै टिमले अवसरहरू निकाले पनि गोलमा परिणत गर्न नसक्दा खेल टाइब्रेकरतर्फ लम्किएको थियो ।
प्रोक्सी इन्फोटेक सोलुसनको आयोजनामा सञ्चलन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि नेकोका विनोद विष्टले जिते । ग्लोबल आईएमईका मनिल रत्न शाही बेष्ट गोलकिपर चुनिदा नेपाल इन्भेस्टमेन्ट बैंकका आशिष गुरुङ उच्चतम गोल कर्ता भए । विजेता खेलाडीलाई प्रमुख अतिथि फोर्ड गाडीका प्रबन्ध निर्देशक आकाश गोल्छा, कारोबार आर्थिक दैनिकका सम्पादक कुबेर चालिसे, ग्लोबल आईएमई बैंकका बजार प्रमुख गणेश अवस्थी, सुलेक्स सेन्टरका बजार प्रमुख रौनकलाल श्रेष्ठ, धन्यान्तरी फुटसलका अध्यक्ष मदन कोइरालालगायतले पुरस्कृत गरेका थिए ।
फोर्ड गाडीको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको मिडिया पार्टनर कारोबार आर्थिक दैनिक थियो । प्रतियोेगितालाई सह–प्रायोजकका रूपमा मेगा बैंकले र आईएमई रेमिटले साथ दिएको थियो भने सिभम् प्लाजा होटलले हस्पिटालिटी पार्टनरका रूपमा सहयोग पुर्या एको थियो । त्यस्तै मेडिकल सहयोगको रूपमा महाराजगन्जस्थित मेरिडियन पोलिक्लिनिकले सहयोग गरेको थियो ।
१८ टिमको सहभागी थियो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र धुलिखेल लड्ज रिसोर्टको तर्फ बाट होटल प्याकेज प्राप्त गरेका छन् । उपविजेताले ट्रफी, मेडल र अन्नपूर्ण होटलको तर्फ बाट लन्च प्याकेज प्राप्त गरेको छन् । सर्वोत्कृष्ट खेलाडीले ट्रफी र सुलक्स सेन्टरबाट टिसट घडी प्राप्त गरका गरेको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकले टाइटनको घडी प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी टिमलाई फोर्डको तर्फ बाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ काठमाडौंका उपाध्यक्ष प्रमुख अतिथि युवराज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्