वर्षको अन्त्यसम्ममा चीनमा कोरोनाको खोप

हाल विश्व कोरोनााभाइरसको महामारीबाट नराम्ररी प्रभावित भएको छ । यसैबीच विश्वका धेरै राष्ट्रहरुले यसको खोप विकास गर्ने प्रयास गरिरहेका छन् । चीनको राज्य परिषदले यसै वर्षको अन्त्यसम्ममा कोभिड–१९ को खोप बजारमा आउन सक्ने बताएको छ । यो खोपलाई वुहान जैविक उत्पादन अनुसन्धान संस्थान र बेइजिङ जैविक उत्पादन अनुसन्धान संस्थानले साथसाथै मिलेर बनाइरहेका छन् ।
यो खोपको क्लीनिकल तथा मानव परिक्षणको दोस्रो चरण पनि पुरा भइसकेको छ । राज्य स्वामित्वका सम्पत्ति पर्यवेक्षण र प्रशासन आयोग (एसएएसएसी) ले एक सोशल मीडियाको पोष्टमा यासको घोषणा गरेको हो । यी दुवै संस्था सरकारको स्वामित्व भएको फर्मासिउटिकल ग्रुप साइनोफर्मासँग सम्बन्धित रहेका छन् ।
परीक्षणको पहिलो चरणमा २००० भन्दा बढी मानिसमा खोपको परीक्षण गरिएको छ ।
क्लीनिकल परीक्षणलाई तीन चरणमा विभाजन गयरिएको घोषणामा उल्लेख गरिएको छ ।
परीक्षणको तीन चरण पुरा भएपछि यो खोप बजारमा बिक्रीका लागि उपलव्ध हुनेछ । यो वर्षको अन्त्य वा आगामी वर्षको सुरुमा यो खोपकाो बिक्री सुरु हुने घोषणामा उल्लेख गरिएको छ ।
क्लीनिकल परीक्षणको सुरुवाती दुई चरणको आंकडाबाट मानिसमा यसको असर अन्य खोपको तुलनामा राम्रो देखिएको बताइएको छ ।
कोरोनाभाइरसका लागि १०० भन्दा बढी खोप विश्वभरीका कैयौ देशमा बनाईदै रहेको छ । चीनमा मानिसमा कुल पाँच खोप बनाइएर परीक्षण गरिदै आएको छ ।