पर्साको स्थानीय तहमा ३ अर्ब १८ करोड बजेट «

पर्साको स्थानीय तहमा ३ अर्ब १८ करोड बजेट

वीरगन्ज-पर्साको स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि तीन अर्ब १८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सार्वजिनक गरेको बजेट अनुसार अन्तर सरकारी वित्त हस्तान्तरण अन्र्तगत पर्साका स्थानीय तहको एउटा महानगरपालिका, तीन वटा नगरपालिका र १० गाउँपालिकाका लागि ३ अर्ब १८ करोड ३० लाखको बजेट विनियोजन गरिएको हो ।
विनियोजित बजेट अनुसार वीरगन्ज महानगरपालिकालाई एक अर्ब ३९ करोड ८९ लाख रुपैयाँ पाउने भएको छ । त्यस्तै तीन वटा नगरपालिकालाई ९१ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसअनुसार पोखरिया नगरपालिकालाई ३१ करोड ६९ लाख, पर्सागढी नगरपालिकालाई २८ करोड ७६ लाख र बहुदरामाई नगरपालिकालाई ३१ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजनमा परेको छ ।
त्यस्तै १० वटा स्थानीय तहमा छिपहरमाई गाउँपालिकालाई २३ करोड ९३ लाख रुपैयाँ, जगरनाथपुर गाउँपालिकाको २६ करोड २९ करोड रुपैयाँ, धोविनी गाउँपालिकाको २० करोड ६४ लाख रुपैयाँ, पकाहामैनपुर गाउँपालिकको १९ करोड ४४ लाख रुपैयाँ र पटेर्वा सुगौली गाउँपालिकाको २३ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी विन्दवासिनी गाउँपालिकालाई २२ करोड ५९ लाख रुपैयाँ, सखुवाप्रसौनी गाउँपालिकालाई ३१ करोड ५८ लाख रुपैयाँ, ठोरी गाउँपालिकालाई २७ करोड ६८ लाख रुपैयाँ, कालिकामाई गाउँपालिकालाई २१ करोड ६ लाख रुपैयाँ र जीराभवानी गाउँपालिकालाई २४ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उल्लेखित बजेटमध्ये १ अर्ब १० करोड ६९ लाख रुपैयाँ समानीकरण अनुदान, १ अर्ब ९३ करोड ६१ लाख सशर्त अनुदान, ८ करोड ७० लाख विशेष अनुदान र ५ करोड २९ लाख समपूरक अनुदानसहित तीन अर्ब १८ करोड रुपैयाँ बजेट पर्साका १४ वटै स्थानीय तहमा आउने हो ।

प्रतिक्रिया दिनुहोस्