स्वीडेनको सिंगो गाउँनै ७० लाख डलरमा बिक्री «

स्वीडेनको सिंगो गाउँनै ७० लाख डलरमा बिक्री

कोरोनाभाइरसको महामारीले विश्वव्यापी सम्पत्ति बजारको मूल्य स्थिर अवस्थामा पुगेको छ । तर पूर्ण रुपमा लकडाउन नभएको स्वीडेनमा भने एक गाउँलाई ७ करोडा स्वीडिस क्रोनर अर्थात ७३ लाख डलरमा बिक्रीका लागि राखिएको छ ।
यो सात्रा ब्रुना राम्रो अवस्थाको गाउँ स्वीडनेको राजधानी स्टकहोमभन्दा बाहिरी इलाकामा रहेको छ ।
यो गाउँ १७०० इसा पुरानो हो । उक्त समयमा डां स्यमुयल स्क्रेगले उक्त गाउँमा पानीको स्रोत फेला पारेपछि जमिन खरिद गरेका थिए । त्यसपछि उनले इनार, सुन्दर घर, अस्पताल,चर्च र हाउजिङ बनाएका थिए ।
उक्त समयमा प्राकृतिक पानीको मुहानले लोकप्रियता पाएको थियो । गुणस्तरीय पानीले मानिसलाई पिउन र नुहाउनका लागि राम्रो अवसर प्रदान गरेको थियो । यसैलाई मानिसको स्वास्थ्य र राम्रोको कारण मानिएको थियो ।
स्वस्थ पानीको मुहानकै कारण वरपरका धनीहरुलाई गृष्मकालिन बसाईका लागि आकर्षित गरेको थियो । त्यपछि उक्त घर जमिनका मालिकलाई दिइने गरिएको थियो ।
पाहुनाहरुलाई प्रत्येक दिन बस्तीको पानी पिउनका लागि आमन्त्रित गरिन्थ्यो । उनीहरुलाई तातो र चिसो पानीबाट नुहाउनका लागि प्रस्ताव गरिन्थ्यो । यसले उनीहरुको भावनात्मक असन्तुलनलाई सन्तुलनमा ल्याउनका लागि सहयोग गर्ने विश्वास गरिन्थ्यो ।
त्यसपछि १७४० को दसकमा जमिन र घरहरु भास्टेरासका पादरीले खरिद गरे र यसको केही वर्षपछि उनले यो गाउँ उपासाला युनिभर्सिटीलाई दिए । यो स्वीडेनको उत्कृष्ट विश्वविद्यलय मध्येमा पर्छ ।
२००२ मा यो विश्वविद्यालयले सात्रा ब्रुनालाई १६ स्थानीय व्यवसायलाई बिक्री ग¥यो र त्यसयता यो स्पा र इभेन्ट थलोको रुपमा रहदै आएको छ ।
२०१५ देखि बोटलिङ व्यवसाय संचालन गरिदैक आएको छ । यो पनि बिक्रीका लागि समावेश गरिएको छ ।
यो गाउँ भन्डै ६० एकर जमिनमा पैmलिएको छ । यहाँ अरु प्रयोग नगरिएका ८४ एकर जमिन पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्