फोब्र्सले काइली जेनरलाई अर्बपतिको सूचीबाट हटायो «

फोब्र्सले काइली जेनरलाई अर्बपतिको सूचीबाट हटायो

फोब्र्सले टिभी स्टार र व्यवसायी काइली जेनरलाई अर्बपतिको सूचीबाट हटाएको छ । उनको परिवारले श्रृंगार व्यवसायको मूल्य बढाइचढाई गरेको आरोप लगाउदै फोब्र्सले उनलाई अर्बपतिको सूचीबाट हटाएको हो ।
उनको परिवारले आफ्नी युवा सदस्यलाई उनको भएको सम्पत्ति भन्दा बढाईचढाई गरी धनीको रुपमा प्रस्तुत गरेको आरोप लगाएको छ ।
फोब्र्सको यो आरोप मिथ्या भएको र अप्रमाणित भएको भन्दै जेनरले यो भनाईको खण्डन गरेकि छन् ।
“मैले कुनै उपाधीका लागि आग्रह गरेकि छैन र ढाट्ने प्रयास पनि गरेकि छैन,” उनले ट्वीटरमा लेखेकि छन् ।
“मसँग हाल कति सम्पत्ति छ भनेर भन्नु भन्दा पनि १०० चिजको सूची दिने विषयलाई बढी महत्वपूर्ण ठान्छु” उनले थपिन् ।
यो कदमले स्वआर्जित सम्पत्तिबाट २०१९ मा अर्बपति भएको भनी फोब्र्सले २०१९ मा गरेको घोषणालाई उल्टाइ दिएको छ ।
पछिल्लो यो घटनाक्रमले विवादास्पद अवस्थाको सिर्जना भएको छ ।
आलोचकहरुले उनको स्व निर्मित उपाधी र कार्डासियन फेमिली रियालिटी टिभी स्टारको अवस्थाप्रति व्यंग्य गर्न थालेका छन् ।
फोब्र्स अर्बपतिको सूची तयार पार्ने मामिलामा विश्वव्यापी रुपमा प्रसिद्ध रहदै आएको छ । यो पत्रिकाले जेनिफरेको श्रृंगार कम्पनी २०१५ मा स्थापना भएको थियो र यसमा काइली कस्मेटिक्सर काइली स्किन पनि समावेश छ ।
जेनरले गत वर्ष मात्रै कम्पनीको ५१ प्रतिशत हिस्सा ब्यूटी जायन्ट कोटीलाई ६० करोड डलरमा बिक्री गर्ने घोषणा गरेकिा थिईन् ।

 

प्रतिक्रिया दिनुहोस्