Logo

डुमरवानाका यी दम्पती ! जस्ले गरे दुई महिनाको मार्केट भाडा छुट

बारा –लकडाउन खुकुलो भई मापदण्डमा ब्याबसायीक कारोबार तिन महिना लाग्दै गर्दा सुरु भए संगै बारा डुमरवाना बजारका एक दम्पतीले आफनो ब्यबसायीक भबनका पसलहरु के दुई महिनाको भाडा नलिने भएका छन ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानाका ‘भण्डारी मार्केट’का संचालकद्धय सुशील भण्डारी दम्पतीले आफ्नो ब्यापारीक भवनमा व्यवसाय गर्दै आएका बिस व्यवसायीहरुसँग दुई महिनाको पसल भाडा नलिने भएका हुन ।
बैक, सहकारी र बितिय संस्थाको ऋणबाट ब्याबसाय गरेकाहरु आफनो मार्केटमा रहेकोले उनिहरुको पिडा केहि कम महसुस होस भनेर आफुले मार्केटमा रहेका बिस ब्याबसायीहरुलाई दुई महिनाको भाडा नलिने भण्डारी दम्पतीले बताए ।
हामी आफै यसै डुमरबानाका भएको र आफुले पनि ब्याबसाय गरेको हुला ब्याबसायीको पिडा आफुले महशुस गर्न सक्ने हुदा यस निर्णय गरेको सुशील भण्डारीले बताए ।उनले केहि दिन यता मार्केट खुले पनि डर का कारण खासै ग्राहकको उपस्थिती पनि नभए पछि आफनो मनले पिडाबोध ठाने पछि उनिहरुलाई दुई महिनाको भाडा पर्दैन भनेको बताए ।
भाडा छुट पछि हर्षित बनेका मार्केटका ब्याबसायीहरुले पुरानै दररेटमा ग्राहकलाई सामानहरु बिक्रि गर्ने बताएका छन । सम्पन्न र ठुला बजार जितपुर, कलैया, परबानीपुर लगाएतमा ब्यक्तिले संचालित गरेका माकेटहरुबाट मासिक भाडा उठाउँदै आएका घर धनिहरुका लागि भण्डारी दम्पतीको निम्ती यो निर्णय प्रशंसायोग्य बनेको उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताए ।
यस अघि आफनो ठुलो ब्याबसायीक भबनहरुको एक महिनाको भाडा छुट गरेका संघका बरिष्ठ उपाध्यक्ष शर्माले बिश्वब्यापी महामारीको यो प्रभावबाट उत्पन्न समस्या र परिस्थितीलाई मध्येनजर गर्दै डुमरवानाका ब्याबसायीक दम्पतीले जस्तै जिल्लाका अन्य बजार क्षेत्रका यवसायी एवं घर धनिले पनि आफुले लिँदै आएको घरभाडामा पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन ।
यस अघिजितपुर सिमरा उपमहानगरले १ सय ५० सटर, सिमराका गुप्ता मार्केट, निजगढका केही ब्यबसायीक घर धनीहरुले एक महिनाको भाडा छुट गरीसकेका छन ।
जिल्लामा नगरपालीकाको सस्तो सटर सय प्रतीशत महगोंमा भाडा लगाएकाहरु, सार्बजानीक जग्गामा ब्याबसायीक भबन बनाएकाहरुले भने भाडा छुट दिन नसक्ने बताएका छन ।
जिल्लमा दुई फरक समयमा स्थानीय प्रशासनले मापदण्डमा रहि ब्यापार ब्याबसाय गर्न निर्णय गरेको साता पछि जिल्लामा आर्थिक गतीबिधि बढन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्