सिंगापुर पाँचौ वर्षमा विश्वकै महँगो सहर «

सिंगापुर पाँचौ वर्षमा विश्वकै महँगो सहर

सिंगापुर लगातार पाँचौ वर्षमा विश्वकै महँगो सहर भएको छ । सिंगापुरपछिको स्थानमा क्रमशः पेरिस, जुरिच र हङकङ रहेको हालै सार्वजनिक गरिएको वल्र्डवाईड कस्ट अफ लिभिङ सर्भेले देखाएको छ ।
२०१३ सम्म विश्वकै महँगो सहर रहदै आएको टोकियो न्यून मुद्रास्फीतिका कारण शीर्ष महँगा १० सहरको सूचीबाट बाहिरिएको इकोनोमिस्ट इन्टेलिजेन्सले १ सय ३३ सहरमाझ गरेको अध्ययनले देखाएको छ ।यसैबीच युरो बलियो भएको र कमजोर अवस्थाको पाउन्डले आइरिस राजधानी डब्लिनले महँगो सहरमा लन्डनलाई उछिनेको छ । लन्डन हाल ३० औं महँगो सहर भएको प्रतिवेदनकमा लेखक रोसाना स्लाभचेभाले बताएकी छन् ।
“बलियो बनेको युरोले डब्लिनको जीवनयापनको खर्चलाई बढाएको छ । तर सर्भेमा सबै युरोजोनकमा सहरहरुलाई समावेश गरिएको छ,” उनले बताइन् । यसले डब्लिनलाई ६ स्थान माथि उक्लनका लागि सहयोग गरेको छ । यो वर्ष डब्लिन १९ औं स्थानमा कायम भएको छ ।
बेलायतका सहरहरु २ दसक भन्दा बढी अवधिका लागि अन्तर्राष्ट्रिय रुपमा सस्सा सहरका रुपमा पर्दै आएका छन् । यसमा आंशिक रुपमा २०१६ को ब्रेक्जिटको पक्षमा मतदान भएपछि थपिएको अनिश्चितता पनि कारण बनेको छ ।
अन्य महत्वपूर्ण परिवर्तनहरुले सोललाई विश्वकै छैटौ महँगो सहर बनाएको छ । मुद्रामा भएको अधिमूल्यनले तेल अभिभ पाँच वर्ष अगाडि ३४ औं स्थानमा रहेकोमा यो वर्ष नवौं स्थानमा पर्न सफल भएको छ ।
यो सूचीमा महँगा सहरहरुको वर्गिकरण गर्नका लागि अनुसन्धानकर्मीहरुले कार, खाद्यान्न, भाडा र लत्ताकपडा लगायतका ४ सय भन्दा बढी बस्तुको अध्ययन गरेका छन् । सोलमा एक पाउन्ड पाउरोटीको मूल्य १५.५९ डलर पर्छ । जबकी कोपनहेगनमा यसको मूल्य ३.८७ डलर मात्रै पर्छ ।
याहाँ उल्लेख्य कुरा के छ भने अमेरिकाका कुनैपनि सहर शीर्ष १० महँगा सहरमा पर्न सफल भएनन् । न्यूयोर्क र लस एन्जलस क्रमशः १३ औं र १४ औं स्थानमा परेका छन् । यसमा विशेषगरी डलर कमजोर हुनुलाई प्रमुख कारण मानिएको छ ।
मुद्राको मूल्यांकनमा ठूलो गिरावट आएकाले उज्बेकिस्तानको राजधानी तास्केन्त धेरै सस्तो भएको छ ।
नयाँ दिल्ली, बुखारेस्ट र एल्जियर्स शीर्ष सस्ता १० सहरको सूचीमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्