आँधीखोलाको दोहन बढ्यो «

आँधीखोलाको दोहन बढ्यो

स्याङ्जा-लकडाउनको मौका छोपी स्याङ्जामा आँधीखोलाको दोहन बढेको भन्दै प्रहरीले सक्रियता बढाएको छ । कोरोना रोकथामका लागि देशभर लकडाउन भइरहेको बेला आँधीखोलामा अवैधरूपमा बालुवाको उत्खनन र ओसारपसार भइरहेको भन्दै प्रहरीले सक्रियता बढाएको हो ।
पुतलीबजार नगरपालिकाको सिमाना क्षेत्रस्थित आँधीखोलामा अवैधरूपमा बालुवा उत्खनन् र ओसारपसारमा सक्रिय चार वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रियामा अगाडि बढाइएको स्याङ्जाका प्रहरी प्रमुख एसपी विमलराज कँडेलले जानकारी दिए । प्रहरीले आँधीखोलाबाट ट्र्याक्टरहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । लकडाउनको मौका छोपी आँधीखोलाको दोहन गर्ने क्रम बढेको भन्दै यसलाई नियन्त्रणमा लिनका लागि विशेष सतर्कता अपनाइएको प्रहरी प्रमुख कँडेलले जानकारी दिए । उनका अनुसार दोहोन रोक्न प्रहरीको थप सक्रियता आवश्यक रहेको समेत बताए ।
आँधीखोलामा बालुवा उत्खनन् गर्न नगरपालिकाले दिएको व्यवसायीले बताएका छन्, भने प्रहरीले ट्र्याक्टर नियन्त्रणमा दिएर दुःख दिएको उनीहरूले बताए । लकडाउनका समयमा नगरपालिकाले बालुवा उत्खनन् गर्न दिएको बारेमा आफूहरूलाई कुनै जानकारी नभएको प्रहरीले दाबी गरेको छ ।
पुतलीबजार नगरपालिकाले नगर क्षेत्रका विकास निर्माणलाई सुचारु ग्र्न आँधीखोलाबाट नदीजन्य वस्तु निकासी गर्न व्यवसायीलाई दिएको बताएको छ । नगरपालिकाले विना सूचना नदीजन्य वस्तु निकासी गर्न दिएर नदीको दोहोन र लकडाउनको उल्लंघन गरेको प्रहरीले बताएको छ ।
नगरपालिकाले आवश्यक समन्वय नगर्दा व्यवसायीले दुःख पाएको उनीहरूको गुनासो छ । नगरपालिकाले निकासी गर भन्ने प्रहरीले सवारी साधन नियन्त्रणमा लिँदा हामीलाई दुःख भयो । आवश्यक समन्वय गर्नुपर्ने स्थानीय सरकारको दायित्व भए पनि नगरपालिकाको लापरबाहीले आफूहरू हैरानीमा परेको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्