स्याङ्जामा दुईसहित गण्डकी प्रदेशमा ६ जना कोरोना संक्रमित «

स्याङ्जामा दुईसहित गण्डकी प्रदेशमा ६ जना कोरोना संक्रमित

पोखरा-स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखा परेको छ । भारतबाट स्याङ्जामा एउटै बसमा आएका ५ जना मध्य दुई जनामा पिसिआर परिक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले बताए ।
उनीहरुको पिसिआर विधिबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ल्यावमा परिक्षण गरिएको थियो । उनका अनुसार २० र २९ बर्षीय पुरुषमा कोरोना भाइरसको पुष्टि भएसंगै उनीहरुलाई स्याङजाको जिल्ला अस्पतालको आइसोलेसन मा राखेर उपचार गर्न सुरु गरिएको छ । उनीहरुसंगै आएका अर्को ५ जनाको एक समूह भने स्याङ्जाको चापाकोट प्रस्थान गरेको छ ।
उनीहरु भारतबाट नेपाल भित्रिएसंगै १० जना एउटै बसमा आएको निर्देशक डा. शर्माले जनाए । स्याङ्जाका अन्य व्यक्ति भने क्वारेनटाइनमा रहेका छन् । स्याङ्जामा दुई सहित गण्डकी प्रदेशमा कोरोना भाइरसबाट हालसम्म ६ लजना संक्रमित भेटिएका छन् । बागलुङमा दुई र नवलपुरमा दुई जना संक्रमित भेटिएका हुन् । बागलुङका दुई जनामा तेश्रो मुलुकबाट आएका हुँदा उनीहरु निको भई हाल घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्