सेमेस्टर प्रणालीले मानवीकी संकाय धराशयी «

सेमेस्टर प्रणालीले मानवीकी संकाय धराशयी

त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गरेपछि दाङमा मानवीकी शास्त्रमा स्नातकोत्तर पढ्ने विद्यार्थीको संख्या शून्यप्रायः भएको छ । अध्यापन गराउने क्याम्पसमा कम्तीमा १० जना विद्यार्थी हुनुपर्ने रहरेक सेमेस्टरमा कम्तीमा ८० प्रतिसत उपस्थित हुनैपर्ने भएपछि जिल्लाकाक्याम्पसमा मानवीकी संकायमा अध्ययन गर्ने विद्यार्थीको आवेदन कम परेको छ ।
स्नातकोत्तरमा मानवीकी तथा शिक्षातर्फ विद्यार्थीको रोजाइ नपरेपछि त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित मानवीकी संकायमा पढाइ नहुने भएको हो । त्रिविले सेमिस्टर प्रणाली लागू गरेपछि कक्षा सञ्चालन गर्नका लागि कम्तीमा पनि १० जना हुनुपर्छ, तर जिल्लामा १० जना पनि मानवीकी संकायका अध्ययन गर्ने विद्यार्थीले प्रवेश परीक्षामा सहभागी भएनन् । यसरी विद्यार्थी नभएपछि मानवीकी संकायमा विद्यार्थी नभएपछि पढाइ नहुने क्यामपसहरूले जनाएका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा मानवीकी संकायमा १ जना विद्यार्थीले मात्र प्रवेश परीक्षा सहभागी भएको क्याम्पसले जनाएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी, नेपाली, र राजनीतिशास्त्र विषयको पढाइ हुँदै आएको थियो । सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालका अनुसार व्यवस्थापन संकायको स्नातकोत्तर तहअन्तर्गत एमबीएसमा ५८ जनाले प्रवेश परीक्षा उतीर्ण भएका छन् । मानवीकी संकायको स्नातकोत्तर तहको अंग्रेजी विषयमा १ जनाले मात्र प्रवेश परीक्षामा दिइ उतीर्ण भएका छन् ।
“मानवीकी संकायमा विद्यार्थी नभए पछि कक्षा सञ्चालन हुदैन, कक्षा सञ्चालन गर्नका लागि कम्तीमा १० जना विद्यार्थी चाहिन्छ,” सहायक प्रमुख रिजालले भने । विद्यार्थी नभएका विषयमा कक्षा सञ्चालन हुने छैन भने एमबीएसको कक्षा भने सञ्चालन हुनेछ ।
सेमेस्टर प्रणालीमा भर्ना भएका विद्यार्थीले नियमित क्याम्पस जानुपर्ने, प्रयोगात्मक कार्य गर्नुपर्ने र परीयोजना कार्यसमेत गर्नुपर्ने हुन्छ । सेमीस्टर प्रणाली लागु भए पछि विद्यार्थी नियमीत हुने तथा शिक्षकसमेत आफ्नो पाठ्यक्रममा अद्यावधिक हुनुपर्ने भएकाले पढाइमा थप
प्रभावकारिता आउने सहायक प्रमुख रिजालले बताए । उनका अनुसार यस प्रणालीमा ६÷६ महिनामा डिन कार्यालयले परीक्षा सञ्चालन गर्ने भएकाले परीक्षा अन्त्यमा पास गर्नेका लागिमात्र पढ्ने प्रवृतिको अन्तय भइ व्यवहारीक ज्ञानका लागि नियमित पढ्ने परीपाटीको विकास हुने अपेक्षा गरिएको छ ।
राप्ति बबइ क्याम्पसमा पनि मानवीकी संकायमा ४ जना विद्यार्थी प्रवेश परीक्षामा
सहभागी भएको क्याम्पस प्रमुख लक्ष्मण रेग्मीले जानकारी दिए । उनका अनुसार एमबीएसतर्फ १४ र शिक्षातर्फ १ जनाले प्रवेश परीक्षामा सहभागि भएर पास भएका थिए । “विद्यार्थी नपुग्ने भएपछि मानवीकी तथा शिक्षा संकायमा कक्षा सञ्चालन गर्ने नसकिँदैन,” प्रमुख रेग्मीले भने । पढाइ नहुने भएपछि प्रवेश परिक्षामा पास भएका विद्यार्थीहरूलाई अन्य क्याम्पसमा भर्नाको लागि पत्र लेखिदिने उनले बताए ।
देउखुरी क्याम्पसमा शिक्षा संकायमा मात्र प्रवेश परीक्षामा १५ जना विद्यार्थी सहभागि भएको क्याम्पस प्रमुख शेषमणि शर्माले जानकारी दिए । सेमेस्टर लागू भएपछि जिल्लाका केही निजी क्षेत्रबाट सञ्चालित क्याम्पसहरूले भर्ना समेत नखोलेको जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयका सहायक डिन गोविन्द पौडेलले भने यो प्रारम्भिक थालनीमात्रै भएकाले अर्को ६ महिनापछिको सेमेस्टरमा न्यूनतम विद्यार्थी संख्या पुगे मानवीकी संकायमा कुनै पनि विषयमा अध्यापन पुनः सुरु हुने बताएका छन् । शैक्षिक सुधारका लागि यो अभ्यास सुरु भएको भन्दै उनले सेमेस्टर प्रणाली केहि वर्षपछि स्नातक तहमा समेत सुरुआत हुने तयारी भएको उनले बताए ।

अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्