Logo

मकै विरुवामा फौजी किरा प्रकोप

धादिङ- गल्छी गाँउपािलका वडा नं. १ को कल्लेरीमा गोडिसकेको मकैको विरुवामा फौजी किराको प्रकोप देखिएको छ । एक हजार दुई सय रोपनीको क्षेत्रफल रहेको कल्लेरीटार घर्तिटारमा गाडिसकेको मकैको विरुवाको गुभोमा किरा लागेको स्थानीय राम बहादुर कार्कीले बताए । यहि अवस्था रहिरहे मकै खाना नपाईने अवस्था छ । दुई सय परिवारको बसोवास रहेको टारमा कायौले त किराले मकै खाएपछि तीन पटकसम्म छरेको कार्कीले बताए । ९ रोपनी वारीको मकै आधा सरो विरुवमा किराले खाइसकेको नरेश खतिवडाले बताए । किराको प्रकोप नियन्त्रण गर्न नसके किसानहरुलाई अनिकाल पर्ने खतिवडाले बताए । सवै जसो किसानको मकैको विरुवामा किराको प्रको रहेको र त्यासको जानकारी कृषि ज्ञान केन्द्रमा पठाएको गल्छी गाँएपालिकाका कृषि प्राविधिक टिकाराम खतिवडाले बताए ।
कल्लेरी टारमा यस अघि धान वालीमा पनि समस्या देखिएको र वाली संररक्षण प्रयोगशालामा परिषण गराएर विषधी प्रयोग गरि केही हदसम्म नियन्त्रण गरिएको केषि ज्ञान केन्द्रका कृषि प्राविधि जयराम अधिकारीले बताए । मकै विरुवामा देखिएको किरा हर्दा फौजी किराने हो तर कुन प्रजातीका हुन त्यो भने एकिन नभईसकेको अधिकारीले बताए । मकैवालीमा देखा परेको किरा नियन्त्रण समयमै गर्न नसको किसानहरुलाई भोकमरी हुनसक्ने छ । यहि टारका कायौ किसानले वन्दावन्दी अवस्थामा गोलभेडा नबिकेर गोल्भेडा उखेलेर मकै रोपेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्