आइडिपीको स्टडी अर्बोड एप लन्च «

आइडिपीको स्टडी अर्बोड एप लन्च

विद्यार्थीहरुले अन्तर्राष्ट्रिय अध्ययन विकल्पका लागि नयाँ तरिका अन्वेषण गरिरहेका छन् ।
जसबाट विश्वका अग्रज विश्वविद्यालयसँग जोड्न सकियोस् । यस विकल्पका रुपमा आइडिपीले स्टडी अर्बोड एप लन्च गरेको छ ।
उक्त आइडिपी स्टडी अर्बोड एप आइडिपी एजुकेसनका ग्लोबल एजुकेशन स्पेसियालिस्टले विद्यार्थीका लागि लन्च गरेका छन् । जसबाट घरमा नै आरामदायी तरीकाबाट अन्तराष्ट्रिय अध्ययन गर्न सरल हुन्छ ।
नेपालका तर्फबाट आइडिपिका कन्ट्री म्यानेजर अभिशेक श्रेष्ठका अनुसार सो एपबाट मानिसहरुलाई सजिलोसँग विश्वविद्यालयको विषयवस्तु उत्तम तरिकाले पाउन सक्छन ।

 

प्रतिक्रिया दिनुहोस्