Logo

पाँच दशकपछि महाकाली अस्पतालमा आफ्नै फार्मेसी

महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगर सदरमुकाम स्थित महाकाली अस्पतालमा पाँच दशकपछि आफ्नै फार्मेसी स्थापना गरिएको छ । अस्पताल स्थापनको करिब साढे पाँच दशक पछि मंगलवार बाट अस्पतालले आफ्नै फार्मेसी स्थापना गरेको हो ।
२०२० मा स्वास्थ्य केन्द्र, २०३३ मा जिल्ला अस्पताल, २०४३ मा अञ्चल, २०६१ मा सय वेडको बिस्तार र २०७५ सालमा सुदूरपश्चिम प्रादेशिक अस्पतालका रुपमा स्तरवृद्धि गरिएपनि अहिले आएर ५७ वर्ष पछिमात्रै आफ्नो फार्मेसी सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको निति अनुरुप हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्ने निर्णय भएपछि महाकालीले पनि आफ्नै फार्मेसी स्थापना गरेको हो ।
“अस्पताल स्थापना भएको ईतिहासमै पहिलो पटक आफ्नै फार्मेसी स्थापना गरिएको छ,” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “अस्पताल परिसरमै फार्मेसी स्थापना भएपछि विपन्न एव गरिब समुदायका बिरामीलाई ठुलो राहत हुने पुग्नेछ ।”
फार्मेसी स्थापनाको चरणमा २५ लाख बराबरको औषधी राखेर फार्मेसी स्थापना गरिएको उनले बताए । विगतमा महाकाली अस्पताm परिसरमा आफ्नै फार्मेसी नहुँदा बिरामीहरुले सामान्य औषधी किन्न पनि बाहिर जानुपर्ने अवस्थाको अन्तय भएको छ ।
“हाल स्थापना गरिएको फार्मेसीमा तत्काल आधारभुत हुनेखाले औषधी सवैजसो छ । थप औषधी राखेर फार्मेसीलाई गुणस्तर तथा भरपर्दाे बनाउँछौ, अस्पतालको आफ्नो फार्मेसीले गरिब एवम विपन्न समुदायका बिरामीलाई ठूलो राहत तथा सहयोग पुगाउने आसा स्वरुप फार्मेसी स्थापना गरिएको छ,” अध्यक्ष जोशीले भने ।

प्रतिक्रिया दिनुहोस्