बजाजको नयाँ वर्ष योजना ‘बजाज युगारम्भ’ «

बजाजको नयाँ वर्ष योजना ‘बजाज युगारम्भ’

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष ०७५ को योजना ‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ । ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारासहित नयाँ योजना सुरु गरेको हो । नेपालले अब विकासको बाटो समाउने तरखर गरिरहेकाले अब आउँदै गरेको नयाँ वर्ष नेपालीका लागि निकै महत्वपूर्ण हुने हुँदा कम्पनीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको हो ।
यो अभियानका विशेषताहरूमा ‘७५०० स्योर सट अफर’ स्किमअन्तर्गत कुनै पनि बजाजका मोटरसाइकल खरिदमा हरेकले तत्काल ७५ सय रुपैयाँ नगद छुट पाउनेछन् । साथै हरेक खरिद कर्तालाई हरेक दिन हुने लक्की ड्रमा समावेश गराइनेछ जहाँ भाग्यसाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्