शैलुङ क्षेत्रमा तयार भयो १० रिचार्ज पोखरी «

शैलुङ क्षेत्रमा तयार भयो १० रिचार्ज पोखरी

दोलखाको शैलुङ गाउँपालिकामा १० वटा रिचार्ज पोखरी निर्माण गरिएको छ । पर्यावरण तथा पानीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो । गत आर्थिक वर्षमा तीनवटा र चालू आर्थिक वर्षमा सातवटा रिचार्ज पोखरी निर्माण गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।दोलखाको शैलुङ गाउँपालिकामा १० वटा रिचार्ज पोखरी निर्माण गरिएको छ । पर्यावरण तथा पानीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो । गत आर्थिक वर्षमा तीनवटा र चालू आर्थिक वर्षमा सातवटा रिचार्ज पोखरी निर्माण गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।
रिचार्ज पोखरी निर्माणले पर्यावरण संरक्षण र तल्लो तटीय क्षेत्रमा पानीको मुहान संरक्षणमा समेत सहयोग पुग्ने स्थानीयले बताएका छन् । तर केही व्यक्तिले जथाभावी पोखरी निर्माण गर्दा आत्महत्या गर्ने ठाउँ बन्ने भन्दै आलोचनासमेत गर्ने गरेको अध्यक्ष दुलालले बताए । विगतमा भएका पोखरी र ताल सुक्दै गएकाले तल्लो तटीय क्षेत्रका पानीको मुहानसमेत सुक्न थालेको उनको बुझाइ छ । उनका अनुसार गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय दोलखाको १० लाख अनुदानमा एउटा तथा गाउँपालिकाको १० लाख लगानीमा दुईवटा रिचार्ज पोखरीको निर्माण गरिएको थियो । यस्तै चालू आर्थिक वर्षमा गाउँपालिकाको ३० लाख अनुदानमा सातवटा पोखरीको निर्माण गरिएको छ । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा १० वटा रिचार्ज पोखरी निर्माण सम्पन्न गरिएको हो । निर्मित सबै रिचार्ज पोखरी गाउँपालिकाको वडा नं ३ मा छन् ।गाउँपालिकाको उच्च भूभागमा पर्ने वडा नं ३ मा गाउँपालिका केन्द्रबाट प्रसिद्ध पर्यटकीयस्थल शैलुङ जाने बाटो आसपासका क्षेत्रमा पोखरीको निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
रिचार्ज पोखरीहरूमा वर्षात्को पानी जम्मा हुनेछ । पोखरी निर्माणबाट तल्लो भागमा रहेका पानीको मुहानहरूको संरक्षणमा मद्दत पुग्ने, जंगली जनावरलाई पिउन पानीको आपूर्ति हुने तथा पोखरी आसपासमा चिस्यान कायम भई बोटबिरुवालाई हुर्कन मद्दत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाको आशा छ ।पोखरीमा जम्मा भएको पानीबाट सुक्खायाममा पोखरी आसापासका कृषियोग्य भूमिमा सिँचाइ गर्न तथा शैलुङ पदमार्ग आसपासको सौन्दर्यमा समेत वृद्धि हुने गाउँपालिका प्रमुख दुलालको विश्वास छ । आगामी आथिक वर्षमा पोखरीहरूमा सुक्खायाममा समेत पानी भर्न नजिक रहेका खोलाहरूबाट पानी ल्याइने गाउँपालिकाको योजना छ । पोखरी निर्माण र संरक्षणको काम पहिला पहिला पनि परम्परागत रूपमा हुने गरेको भएता पनि पछिल्लो समय रोकिएको थियो । अहिले स्थानीय तह र वन कार्यालयले यसलाई पुनः सुरुवात गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्