Logo

अग्रपंतिका पत्रकारको कोरोना नतिजा नगेटिभ

धादिङ जिल्लामा अग्रपंतिमा रहेर कोरोना भाइरस (किभिड १९) को समाचार संकलन गर्न खटिएका पत्रकारहरुको कोरोनाको नतिजा नेगेटिभ आएको छ । कारोवार आर्थिक राष्ट्रिय दैनिक जिल्ला रिपोटर राजेन्द्र बस्नेत सहित २१ जना पत्रकारहरुको द्रुत परिक्षण (-यापिड डाइगेष्टिक टेष्ट) गरिएको हो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पश्चात पत्रकारहरु नै कोरोना संक्रमणको जोखिममा हुनसक्ने भएकाले द्रुत परिक्षण गरिएको र सवै नतिजा नेगेटिभ आउनु सुखद भएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भुवन पौडेलले बताए । कोरोना भाइरसको संक्रमणबाट बच्न न्यूनतम सुरक्षा विधि अपनाएर समाचार संकलन गर्न पनि डाक्टर पौडेलले आग्रह गरे ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन गरेको वन्दावन्दी अवस्थामा पनि निरन्तर समाचार संकलनमा खटिएका विभिन्न पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनमा कार्यरत पत्रकारहरुको कोरोना भाइरसको द्रत परिक्षण गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुलीले बताए । सवै पत्रकार साथीहरुको नतिजा नेगेटिभ आएकोले समाचार संकलनमा थप उर्जा मिलेको अध्यक्ष छत्कुलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्