सिन्धुलीका आदिवासी पत्रकारको कोरोना बिमा गरिने «

सिन्धुलीका आदिवासी पत्रकारको कोरोना बिमा गरिने

सन्धुलीका आदिवासी जनजाति पत्रकारहरुको कोरोना बिमा गरिने भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुलीले जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुको बिमा गरिदिने भएको हो ।
महासंघले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै क्रियाशिल पत्रकारहरुलाई एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गर्ने निर्णय भएको जनाइएको छ । कार्यसमितीमा नरहेकासमेत गरी १२ जना पत्रकारको बिमा गरिने अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अग्रपंतिमा रहि काम गर्ने पत्रकारहरु थप जोखिममा हुने भएकाले महासंघले पत्रकारहरुको बिमा गर्ने निर्णय गरेको उनको भनाई छ ।
उनका अनुसार पत्रकारका लागि फोनिज सिन्धुलीले बिमा रकम भुक्तानी गर्ने र कोरोना भाइरसको बहानामा आदिवासी पत्रकारलाई कामबाट ननिकाल्न सञ्चारगृहलाई आग्रह गर्ने निर्णय भएको छ ।
यस्तै सुरक्षाका उपयुक्त विधि अप्नाई काम लगाउन र गर्न सबै संचारगृहलाई अनुरोध गर्र्दै कोरोना भाईरसको अति जोखिममा रहेको पत्रकारहरुका लागि सुरक्षाका सामाग्री उपलब्ध गराईदिन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्