काभ्रेमा हप्ताको तीन दिन मात्रै बैंक खुल्ने «

काभ्रेमा हप्ताको तीन दिन मात्रै बैंक खुल्ने

काभ्रे-कारोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर जिल्लामा हप्ताको तीन दिन मात्र बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको छ ।
कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारसम्बन्धी जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले हप्ताको तीन दिन मात्र बैंक खोल्ने निर्णय भएको हो ।
हाल यस जिल्लामा हप्ताभरि सञ्चालन भइरहेका बैंक तथा वित्तीय र सहकारी संस्थालाई अब हप्ताको तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्र सञ्चालन गर्न निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्