इप्पानद्वारा एक करोड सरकारलाई सहयोग «

इप्पानद्वारा एक करोड सरकारलाई सहयोग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले कोराना महामारीलाई लक्षित गरी सरकारले स्थापना गरेको कोषमा निजी ऊर्जा उत्पादकहरूबाट संकलन गरी एक करोड रुपैयाँ सहयोग गरेका छन् ।
सरकारी राहत कोषमा इप्पानले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबर सहयोग गरेका हुन् । इप्पान पदाधिकारीले शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी बराबरको चेक हस्तान्तरण गरेका हुन् । इप्पानको पहलमा सुरु भएको इप्पानको कोषका लागि ६५ जना जलविद्युत प्रवद्र्धक र कम्पनीले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्