आफ्नै दुध बेचेर लाखौ कमाई गर्दै महिला

निकोसिया-आमाको दुध बच्चाका लागि अमृत समान हुन्छ । तर एक आमाले आफ्नो दुध बेचेर लाखौ रुपैयाँ कमाउदै आएकि छन् । साइप्रसकी राफाएला लाप्रोउ आफ्नो दुध बडिबिल्डर्सलाई बिक्री गर्दै आएकि छन् । यसबाट उनलाई लाखौको कमाई हुदै आएको छ । राफाएलाको शरीरमा आवश्यकता भन्दा बढी ब्रेस्ट मिल्क बन्छ । यो उनका लागि कुनै प्रयोग हुदै आएको छैन । यही दुध बेचेर उनी लाखौको कमाई गर्दै आएकि छन् ।
२४ वर्षकी उक्त महिला दुई बच्चाको आमा हुन् । यो भन्दा पहिला उनी आफ्नो ब्रेस्ट मिल्क आफ्नो बच्चालाई स्तनपान गराउन नसक्ने महिलालाई दिँदै आएकि थिइन् । पछि गएर केही पुरुषले राफाएलसँग सम्पर्क गरेर उनीहरुलाई ब्रेस्ट मिल्क उपलव्ध गराउने विषयमा कुराकानी गरिन् । राफाएलले आफ्नो दुधको मागलाई मध्यनजर गर्दै अनलाइन दुध बिक्री गर्न सुरु गरिन् । राफाएल आफ्नो दुध १ युरो प्रति औंसमा बिक्री गर्दै आएकि छन् ।
राफाएलाको दुध किन्नेवाला बडि बिल्डरले यो दुध मांसपशिका लागि व्यापाक फाइदा हुने मान्दै आएका छन् । पुरुषहरुले आफ्नो दुध किनेर के गर्छन् भन्ने विषयमा आफूलाई केही पनि थाहा नभएको राफाएलले बताएकी छन् । तर उनीहरुले उक्त दुध पिउने गरेको बताएको उनले बताएकि छन् । नेपाली रुपैयाँ अनुसार उनले एक औंश दुधको १२८ रुपैयाँ ४९ पैसा लिने गरेकि छन् । राफाएला लाप्रोउले हालसम्म लगभग ५ सय लीटर दुध बिक्री गरिसकेकि छन् । यसबाट उनले ४ हजार ५ सय पाउन्ड अर्थात ६ लाख ४८ हजार रुपैयाँ कमाइसकेकि छन् । लाप्रोउ आफ्नो श्रीमान ऐक्स र दुई बच्चाका साथ बस्दै आएकि छन् ।